पोखरामा महिला उद्यमी मेला सम्पन्न

Friday, June 22nd, 2018

सञ्जु श्रेष्ठ
पोखरा ःपोखराको नयाँबजारमा गत शुक्रबार समापन भएको महिला उद्यमी मेला–२०७५ अन्तर्गत महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ । नेपाल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न सो परीक्षण शिविरबाट २ सय २० जनाभन्दा बढी महिलाहरुले सेवा लिएका छन । सचेता फैलाउनु तथा महिलाहरुलाई आफ्नो स्वास्थ्यको बारे जागरुक बनाउन महिला उद्यमी मेलासँगै सो शिविरको आयोजना गरिएको हो ।
आर्थिक सम्बृद्धिको लागि महिला उद्यमीशलता भन्ने नाराका साथ आयोजित ४ दिने मेला गत शनिवार सकिएको छ । मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकला, ढाका, अचार, भान्छामा प्रयोग हुने प्राङ्गारिक खाद्यान्न, दाल, हिमाली भेगको आलुदेखि सौन्दर्य सामाग्रीहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिएका थिए। मेलाको अन्ती मदिन शनिबार स्टलमा रहेका सामानहरु विशेष छुटका साथ बिक्री गरिएको मेला संयोजक सीता बरालले जानकारी दिइन ।साथै अनतीमदिन थाइराइड र ब्लडप्रेसरको निःशुल्क परीक्षण गरिएको थियो । भने पोखरामा रहेका भारतीय तथा विदेशी पर्यटकहरुले पनि मेलाको अवलोकन गरेका थिए ।
नेपाली महिलाहरुको उत्पादन तथा मौलिक नेपालीपन मिसिएका विभिन्न सामाग्री देखेर उनीहरु प्रभावित समेत भएका थिए । महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्याथीत्वको बारेमा ब्यावसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सवल सक्षम बनाउन मेला आयोजना गरिएको हो ।

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest