पौडेल, परिश्रमी, पछाई र श्रेष्ठलाई मोडल सङ्स सम्मान

Monday, August 12th, 2019


काठमाडौं  श्रावण १९-पत्रकार चिरन्जिवी पौडेल, गीतकार डि पि परिश्रमी, गायक एवं संगितकार विनोद पछाई र समाजसेवी जुना श्रेष्ठ र पत्रकार चिरन्जिवी पौडेल, मोडल सङ्स सम्मान २०१९ बाट विभुषित भएका छन् । विभिन्न क्षेत्रमा कृयाशिल रहि देश र समाजको उत्थानमा योगदान पुर्याएको भन्दै मोडल सङ्स नेपालले सम्मान गरेको हो । सम्मानित व्यक्तिलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत र सल्लाहकार चन्द्रकला न्यौपानेले खादा, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तब्य धारणा राख्दै अध्यक्ष श्रेष्ठले उत्तम विचार, असल बानी ब्यहोरा, लगाव र धेर्यताले नै मानिसलाई सफल बनाउने राय पेश गरिन भने सम्मानित ब्यक्तित्वहरुलाई बधाई समेत दिएकी थिईन ।


कार्यक्रममा पत्रकार उज्ज्वल जङ शाह, इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय विरेन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, कलाकार शितल केसी, सुश्मा कार्की, मोडल सिलाष्मा हमाल, नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest