प्रचण्ड–माधव पक्षको आन्दोलन माइतीघर देखी कान्तिपथ सम्म

Friday, December 25th, 2020

काठमाडौंः संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधवपक्षको आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत आज माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् ।त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदर्शन गरेका छन् । कान्तिपथमा पुगेर नेकपाको जुलुससभामा परिणत भएको थियो ।निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए । नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए ।प्रचण्ड–माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ । सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो ।

आन्दोलनमा सहभागी कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक ‘कु’ खारेज गर १ बयलगाडा चढेर अमेरिका जा १ गणतन्त्रविरोधी मुर्दावाद,प्रतिगमनकारी मुर्दावाद,’ भन्ने नारा लगाएका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest