प्रधानमन्त्रीले बिदेशी लगानीकर्तालाई भने लगानी गर्नुहोस्् लाभांश लैजानुहोस््

Friday, March 29th, 2019


१५ चैत, काठमाडौं । आज र भोलि चल्ने लगानी सम्मेलनको उद््घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन्् । नेपाल लगानीका लागि भर्जिन ल््यान्ड हो भन्दै कुनै पनि द्विविधामा नपरी लगानी लिएर ढुक्क भई नेपाल आउन आग्रह गरे । यसै क्रममा प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको समेत बताए । नेपाल लगानीका लागि भर्जिन ल््यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,’यहाँ जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षेत्रमा प्रशस्त सम्भावना रहेका छन्् ।’
प्रधानमन्त्री ओलीले सरकारले अहिले दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेर काम गरिरहेको भन्दै त्यसका लागि स्वदेशी पुँजी पर्याप्त नभएको र दोहोरो अंकको वृद्धि हात पार्न ठूलो विदेशी लगानी आवश्यक रहेको बताए । साथै त्यसका लागि विदेशी लगानीलाई सहज रुपमा भित्राउन कानूनहरु संशोधन गरेकों र नयाँ कानून ल्याएको समेत बताए । उनले भने,’हामी नाफाको सम्मान गर्छौ, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं ।


प्रधानमन्त्री ओलीले निजी क्षेत्रको साथ र सहयोग विना सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा नहुने भन्दै त्यसैलाई ध्यानमा राखेर लगानी मैत्री कानूनहरु ल्याइएको बताए । उनले नेपाल भू राजनीतिक हिसावले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै यहाँ गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने समेत बताए । हामीले ब्यापार सहजीकारण लागी विभिन्न काम गरेका छौं, भारतसँग जलमार्गबाट पनि चाडै नै जाडिँदैछौ, चीनसँग पनि पारहवन प्रोटोकलमा चाडै हस्ताक्षर हुँदैछ । यसले यहाँ हुने लगानीलाई अझ सहज गर्छ भन्ने हाम्रो विश्वास छ । उनले भने ।
प्रधानमन्त्री ओलीले सरकारले पारदर्शीभएर काम गर्ने भन्दै कुनै पनि सिन्डिकेटलाई संरक्षण नगरिने लगानी कर्तालाई आश्वास्त पारे । करलाई अनुमान योग्य बनाउने, लाभांश सजिलै फिर्ता लैजान दिने, लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार उपलब्ध गराउने, सूचना प्रविधिमा आधारित भएर काम गर्ने लगायतका विषयमा सरकार प्रतिवद्ध रहेको बताए ।
उनले विदेशी लगानीकर्तालाई दोहोरो करको मार पर्न नदिन विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता भइरहेको भन्दै बौद्धिक सम्पत्तिको संरक्षणलाई पनि ध्यान राखेर ऐन ल्याउन लागिएको बताए ।


नेपालमा सस्तो जनशक्ति उपलब्ध रहेको भन्दै ओलीले दक्ष र सिपयुक्त जनशक्तिको पनि समस्या नरहेको बताए । उनले सुरक्षित महसुस गरेर नेपाल आउन र नाफा कमाउन विदेशी लगानीकर्तालाई आग्रह गरे भने विदेशी लगानीकर्तालाई नेपालको समृद्धिको यात्रमा हातेमालो गर्न आह्वान समेत गरे ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest