प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Friday, December 25th, 2020

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएका छन। आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।

यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले तत्काल उक्त सिफारिस स्वीकार गरी संसद् विघटन गरी मध्यावधि चुनावसमेत तोकेकी थिइन्।

प्रतिनिधिसभा विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षका सात जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। ओलीले आफ्नो समूहका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेका छन्।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest