प्रधानमन्त्री केपी ओलीको तस्वीरसहित मोटरसाइकल र्‍याली

Wednesday, February 3rd, 2021

काठमाडौँ :नेकपा ओली समूह निकट राष्ट्रिय युवा संघले आज(बुधबार) मोटरसाइकल र्‍याली निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा बालकुमारीबाट निकालिएको र्‍यालीले सातदोबाटो, जावलाखेल, थापाथली, दरबारमार्ग, जयनेपाल, कमलपोखरी हुँदै नगर परिक्रमा गरेको थियो । र्‍याली एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको संघले जनाएको छ ।

सहभागीले प्रधानमन्त्री ओलीका पक्षमा नारा लगाएका थिए । त्यस्तै उनीहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई स्वागत गर्नुपर्ने बताएका छन् । नेकपाको ओली समूहले यही २३ गते काठमाडौंमा वृहत सभा गर्ने तयारी गरेको छ ।

ओलीले असंवैधानिक र अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेकपा दाहाल-नेपाल समूह आन्दोलनमा छ । ओली समूहले पनि शक्ति प्रदर्शन गर्न लागेको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest