‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू

Thursday, November 22nd, 2018


चक्र प्रसाद पोख्रेल,
काठमाडौ ः नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को आजप्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच समुद्घाटन गरेका छन । प्रतियोगितामा विभागिय टिमहरु लगायत प्रथम पटक प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । २०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमशस् प्रथमलाई रु। ३,००,०००, द्तिियलाई रु। १,५०,००० र तृतियलाई रु। ५०,००० नगत पुरस्कारका साथै उत्कष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर समेत रहेको छ ।
जङ्गी अड्डास्थित खेल मैदानमा प्रदेश नं।१ र प्रदेश नं।७ वीच भएको खेलमा प्रदेश नं।७ ले १ को विरुद्ध २ गोल हानि विजयी भएको छ भने सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा प्रदेश नं।३ र प्रदेश नं।४ वीच भएको खेलमा प्रदेश नं।३ ले १ को विरुद्ध ४ गोल हानी विजयी भएको छ । आज भएको खेलहरुमा प्रदेश नं।३ की मनिषा थापा मगर र प्रदेश नं।७ की अञ्जली चन्द प्लेयर अफ दि म्याचु घोषित भएका थिए । प्लेयर अफ दि म्याच अञ्जली चन्दलाई प्रधानसेनापति श्री थापाले पुरस्कार समेत वितरण गरेका िथए । मंसिर १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु नक आउटका आधारमा खेलाइने छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest