प्रहरीले मसानघाटबाटै महिलाको शव बरामद

Tuesday, March 20th, 2018

 

चक्र प्रसाद पोख्रेल,
रौतहट ः –रौतहटको कटहरिया नगरपालिका–५मा चितामा जलाउनै लागिएको महिलाको शव प्रहरीले अनुसन्धानका लागि भनेर मसानघाटबाटै बरामद गरेको छ । श्रीमानको कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान कटहरिया नगरपालिका–५, का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।
झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुुई भाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए । सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५, का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३, का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् ।
घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest