प्रिन्सा बनिन् मिनि मोडल वल्र्ड

Monday, April 1st, 2019

 

 

चैत्र १८, २०७५
अहिले बिदेशमा हुने बिभिन्न प्रतिगोगितामा नेपालीहरुले निकै दरिलो उपस्थिति जनाउदै आएको छ । यसै सन्दर्भमा हालै इजिप्टमा संचालन भएको स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९ मा नेपालकी कान्छी सहभगि पाँच वर्षिया प्रिन्सा खड्काले मिनी मोडल वल्र्डको ताज पहिरिएकी छिन् ।
प्रिन्साले प्रतियोगितामा वेष्ट डान्सरको अवार्ड पनि जित्न सफल भएकी छिन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित उक्त प्रतियोगिता गत मार्च २१ गते देखि २८ गते सम्म इजिप्टको हुर्घादा शहरस्थित द क्यारेवियन वल्र्ड रिसोर्टमा संचालन भएको थियो । सो प्रतियोगितामा अठार वर्ष मुनिका विश्वका विभिन्न मुलुकका पैतालिस जना सहभगिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा प्रिन्सा सबै सहभागि मध्येकी कान्छी उमेरकी थिइन् । उनी वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत छिन् । प्रिन्साले यस अघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा मिनी लिटिल च्याम्प २०१९ की उपाधि विजेता हुन् ।


प्रिन्साको अन्तर्राष्ट्रिय सहभागिताका लागि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले नै व्यवस्थापन एवं संयोजन गरेको थियो । सो प्रतियोगिताका लागि प्रिन्साको आउटफिट रिब्लुम फेसन बुटिक बानेश्वर तथा बन्दना बुटिकले तयार पारेको थियो । प्रिन्सालाई सो प्रतियोगिताका लागि कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेका हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest