प्रिया र प्रतिकरत्नले जिते मिस एण्ड मिस्टरको उपाधि

Monday, August 12th, 2019

काठमाडौ, साउन २४ ( मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल ( २०१९’ को उपाधी प्रिया धौवजन र प्रतिकरत्न तुलाधरले हात पारेका छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार साउन २४ गते आयोजित ग्रान्ड फिनालेमा मिस एण्ड मिस्टर हस्पिटालिटी प्रतियोगिताको विजेता घोषित भएका छन् । प्रतियोगितामा मिस फस्ट रनरअप पासाङ ल्हामु शेर्पा र मिस्टर फस्ट रनरअप फुर्पा शेर्पा घोषित भएका छन् । त्यस्तै मिस सेकेन्ड रनरअप अस्मिता सुनुवार र मिस्टर सेकेन्ड रनरअप सञ्जय नेपाल घोषित भएका छन् ।


मुख्य निर्णायक सृजना राना रहेको उक्त प्रतियोगितामा, निर्णायकहरु शरद प्रधान, भोला बहादुर थापा, सनत न्यौपाने र डा.सन्ध्या चापागाईको रहेको थिए । निर्णयक टीमले जम्मा ४९ प्रतिस्पर्धी मध्येबाट मिस एण्ड मिस्टरका तर्फबाट टप १२/१२ छनोट गरी अन्तिम ५/५ जनाबाट विजेता घोषित गरेको हो । टप ५/५ प्रतिस्पर्धीलाई सोधिएको एउटा प्रश्नको उत्कृष्ट जवाफले बिजेता घोषित गरिएको थियो ।
शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन निशा पाठकले गरेकी थिईन् ।


नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई कार्यक्रमले टेवा पुर्याउनेमा विश्वस्त रहेको कार्यक्रम संयोजक समेत रहेकी पुर्वमिस नेपाल सुगरिका केसीले बताईन् । यस्तै नेपाली मौलिकताको प्रबर्द्धनसँगै नेपाली पर्यटन क्षेत्रमै नयाँ आयाम स्थापित गर्न यो कार्यक्रम गरिएको उनको भनाइ थियो ।


करिब दुई महिनाअघि बाट सुरु भएको यो प्रतियोगिता काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालीले विगत चार वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest