‘प्रोफेशनल ब्युटी एसोसिएसन यूके’ ले गर्यो बेलायतमा फेशन शो

Thursday, April 19th, 2018

काठमाडौँ – ‘प्रोफेशनल ब्युटी एसोसिएसन यूके’ ले शनिबार फेसन शो सम्पन्न गरेको छ । नेपाली समाजमा रहेको फेसनको प्रभाव बेलायत सम्म पुग्न सफल भएको छ । विभिन्न समयमा नेपाली दाजुभाई तथा दिदि बहिनी भेला भएर साँस्कृतिक कार्यक्रम र रमझम मात्र गर्दै आएका नेपालीले बेलायतमा आयोजना गरेको फेशन शो शनिबार सम्पन्न भएको हो ।

बेलायतमा बसोबास गर्दै आईरहेका र सौन्दर्य पेशामा आवद्ध रहेका महिलाहरुले उक्त कार्यक्रम आयोजना गरेका हुन् । अल्डरसटस्थित एम्पायर हलमा सौन्दर्य विज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यमा फेशन शो सहित मेकअप प्रतियोगिता समेत गरेको थियो ।कार्यक्रममा सौन्दर्य विज्ञ कमला श्रेष्ठले हेयर स्टाइल लाइभ डेमोन्स्ट्रेसन प्रस्तुत समेत गरेकी थिइन् ।

फेशन शोमा लण्डनस्थित आर्च कलेक्सनकी डिजाइनर अन्जली केसीको डिजाइनर गाउन, क्याजुअल र ब्राइडल ड्रेस पहिरिएर मोडलहरुले क्याटवक गरेका थिए । माला गुरुङको कोरियोग्राफी रहेको उक्त शोमा इटालियन मोडल इलारीया करेरी र इन्डियन मोडल सचिन कुलकर्नीलाई नेपाली ब्राइडल पोशाक लगाएर शो स्टपरको रुपमा प्रस्तुत गरिएको थियो । आकर्षक डिजाइनमा मोडलहरु प्रस्तुत भइरहादा दर्शक दिर्घाबाट अन्जली केसीले प्रशंसा बटुलिन् । विगत चार दशकदेखि यस क्षेत्रमा आवद्ध प्रोफेशनल ब्युटी असोसिएसन नेपालका अध्यक्ष कमला श्रेष्ठ यही फेशन शोका लागि बेलायत पुगेकी थिइन् ।

प्रोफेशनल ब्युटी असोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेकअप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।एसोसियसनकी महासचिव धनु गुरुङले स्थानीय डिजाइनर र मोडलहरुलाई प्रोत्साहन एवं प्रवर्धन गर्न फेशन शो गरिएको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गरिने बताएकी छन् । बेलायतमा ब्युटी सलुन सञ्चालन गरिरहेका एसोसिएसनमा आवद्ध नेपाली महिला करिब तीन दर्जन रहेको र बेलायतका नेपाली ब्युटिसियनहरुलाई एकजुट गराउने, आइडिया शेयर गर्ने र समस्या पर्दा सहयोग गर्ने संस्थाको उदेश्य रहेको पनि संयोजक धनुले बताइन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest