फागुन दोस्रो साता ‘कर्णाली उत्सव’ ‘कुडा कर्णालीका’हुने

Tuesday, January 28th, 2020

काठमाडौं :फागुन दोस्रो सातादेखि ‘कर्णाली उत्सव’ सञ्चालन हुने भएको छ। ‘कुडा कर्णालीका’ नारा समावेश गरी वीरेन्द्रनगरमा कर्णाली उत्सव आयोजना गर्न लागिएको हो। उत्सवमा विशेषगरी सरोकारवालासँगको बहसलाई प्राथमिकतता दिइएको छ। बहसमार्फत कर्णालीको पहिचान गराउने उद्देश्य उत्सवको छ।सुर्खेतमा रहेको ऋति फाउण्डेसनले उत्सवको आयोजना गर्न लागेको हो। कर्णाली उत्सव तीन दिनसम्म चल्ने फाउन्डेसनका संस्थापक सदस्य रेशम बिष्टले जानकारी दिए।

उत्सव अवधिभर कर्णाली प्रदेशको राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने छ। उनका अनुसार यो कर्णालीमा पहिलो उत्सव हो। लेखक, साहित्यकार, बौद्धिक वर्ग तथा केही साहित्यकारबीच जमघटसँगै बहस गराउने योजनासहित उत्सव आयोजना गरिएको विष्टले जानकारी दिए।

फागुन दोस्रो साता देशकै ध्यान कर्णालीमा केन्द्रित गर्ने आयोजक ऋति फाउन्डेसनका संस्थापक अध्यक्ष कमलराज लम्सालको दावी छ। ‘उत्सवले कर्णालीको वास्तविकताबारे बहसका साथै यहाँको सामाजिक चिन्तन, आर्थिक सम्भावनाको खोजी, पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउँछ,’ लम्सालले भने, ‘कर्णालीबारे वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्न हामिले यो उत्सवको आयोजना गर्दैछौँ।’

‘कर्णालीका ११ जिल्ला’ शत्र

कर्णाली प्रदेशमा संरचना अनुसार १० वटा जिल्ला समावेश छन्। तर यहाँ हुने उत्सवमा भने ‘कर्णालीका ११ जिल्ला’ विषयको शत्र समावेश गर्ने तयारी आयोजकको छ। आयोजकका अनुसार यो शत्रमार्फत यहाँ बसोबास गर्ने ‘राउटे समुदायको पनि एउटा छुट्टै जिल्ला छ’ भन्ने सन्देश दिन खोजिएको छ। यो शत्रमा लोपोन्मुख राउटे समुदायको विषयमा विशेष बहस गरिनेछ।

आयोजक ऋति फाउण्डेशनका संस्थापक सदस्य विष्टका अनुसार यहाँका लामा, भोटे समुदायको हिमाली संस्कृति, खस आर्य, सुर्खेत उपत्यकाका थारु तथा जंगलमा फिरन्ते जीवनशैली गुजार्ने राउटे समुदायको भाषा, संस्कृति, रहनसहन लगायतका विषयमा वक्ता र दर्शकरस्रोताबीच विचारविमर्श चल्नेछ।

स्थानीय भाषाका तीन शत्र

आयोजकका अनुसार उत्सवमा तीनवटा मुल शिर्षक समावेश गरिनेछ, यी सबै स्थानीय भाषामै रहेका छन्। पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याउ’ र तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ शिर्षक रहनेछन्। यी तीनै मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस थालिनेछ।

उत्सवको पहिलो शत्रमा सरकारका ‘तीन तह–बगाउन्या कर्णालीका वह’ र ‘खसका खासखुस’ विषयमा विमर्श गरिने आयोजकले जनाएको छ। दोस्रो दिन ‘कर्णाली कोट्याउ’ अन्तर्गत ‘कालापहाडका तोडा’ ९धनको थैलो०, ‘कर्णाली क्यानाम घुमेर हेर्दा’, ‘कर्णालीका कला’, ‘संस्कार र समानता’, ‘दवाई देवता’, ‘भोक र भकारीमा’ शिर्षकमा बहस हुनेछ।

उत्सवको तेस्रो दिन ‘मान्ठा जुर्मुराउँछन्’ शत्रअन्तर्गत ‘कसरी बन्छ कर्णाली रु’, ‘साहित्यमा कर्णालीको कथा’, ‘कर्णालीको ११औँ जिल्ला ९राउटे०’, ‘खस विद्रोह र जागरण’, ‘इतिहास प्रदेश प्राप्ति र विकास’ जस्ता शिर्षकमा बृहत्तर बहस हुने आयोजक ऋति फाउण्डेशनले जानकारी दिएको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest