फागुन महिनाको मासिक राशिफल

Friday, February 14th, 2020

मेष

अनावश्यक सामाजिक जिम्बेवारी वढेर जानेछ । आकस्मिक यात्राहुने सम्भावना रहेको छ । सोंचविचारको कारण बेला बेलामा तनावआउने छ । सन्तानले कष्टदिनेछन् । आम्दानीमा कमी आउनेछ । बैदेशिकयात्रा नराम्रो हुनेछ । धेरै योजनाहरु बन्नेछन् । परिवारले साथदिने छैनन् ।शुभ अंक ९, रगं पहेलो एवं दक्षिण दिशा शुभरहेको छ ।
वृष

शैक्षिक स्तरमा सफलता एवं वैदेशिक कार्यबाट लाभमिल्ला ,राज्नीतिमा खासैराम्रो छैन्, स्मरण शक्तिमा कमि आउने छ । गृहणीहरुले घरपरिवारको सेवामा व्यस्त हुनुपर्ने छ , औद्योगिक कार्य र निर्माण कार्यमा ढिलासुस्ती हुनेछ, शुभ अकं ३, शुभ रगं रातो, पश्चिम दिशा शुभरहेको छ ।
मिथुन

शारीरिक पीडा आउने छ । नयाँकामको सु्रुवात हुने छ । व्यापारमा सफलता,शैक्षिक प्रगति,लाभदायिकयात्रा एवं पारिवारीक समस्या आउन सक्छ । मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनु होला । बोलिको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुने छ ।शुभअकं ५ , निलोरगं ,दक्षिण दिशा शुभरहेको छ ।
कर्कट

मनमा शान्ति हुन समय लाग्ने छ, आत्मबल बढेर जाने छ । पशुचौपायबाट फाइदा मिल्नेछ । स्थान परिवर्तन तथा जागिर, व्यवसाय एवं बैदेशिक क्षेत्रबाट राम्रै हुने छ । शैक्षिक मार्ग मजबुत बन्ने मित्रता प्रेममा परिवर्तन हुने छ । शुभ अंक ४, सेतो रगं, पुर्वदिशा शुभरहेको छ ।
सिंह

कृषी व्यापारमा लाभमिल्ने, धार्मिकस्थलको यात्रा, मानसिक तनावहरु आउने छ , विश्वास पात्रबाट घातहुने , शैक्षिकप्रगति, सानातिना दुर्घटनाहुने, जागिरबाट मानसम्मान प्राप्त, आर्थिक सुधार हुने, पराक्रममा बृद्धि तथा साँस्कृतिक कार्यमा सहभागी, शुभ अंक, ८ हरियो रंग, उत्तर दिशा शुभरहेको छ ।
कन्या

जागिरमा उत्तम रहेको छ । यात्रामा केहि शारीरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला, शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन, आर्थिक संकटबाट छुटकारा मिल्ने छ, शुभं अंक ७ शुभ रंग पहेलो, पश्चिम दिशा शुभ हुनेछ ।
तुला

दाम्पत्य जीवनमा तनाव, आँखाको समस्या, कृषिबाट फाइदा मिल्ने, यात्रामा कष्टहुने छ, परिवारका सदस्य नै विरोधी, शत्रुपक्ष पराजित हुने छन् । विद्याआर्जमा कमी माया प्रेमको प्रसंग मात्र चल्ने छ । शुभअकं १, पश्चिमदिशा र सेतो रगं शुभरहेको छ ।
वृश्चिक

बोलिमा विचार पु¥याउनुहोला, व्यापारमा नोक्सानी हुनेछ , विरोधीहरु सक्रिय हुनेछन् । मानप्रतिष्ठामा आँच आउने छ । जागिरमा असन्तुष्टि मिल्ने छ । परिश्रम धेरै गरेपनि सफलता मिल्ने छैन्, नराम्रो कर्ममा मनजाने छ । शुभ अकं २, सेतो रंग, उत्तर दिशा शुभ रहेको छ ।
धनु

खर्चमा वृद्घि भएता पनि आम्दानीले पुरा गराउने छ भोजभतेरमा सहभागी हुनु पर्ने छ । शैक्षिक प्रगति, स्वास्थ्यमा सुधार एवं प्रेमप्रसङ्ग आऊनुका साथै परिवारबाट नै असमती आउने योग छ । बिचार पु¥याएर काम गर्नुहोला । शुभ अकं ६, निलो रगं र पुर्वदिशा शुभ रहेको छ ।
मकर

प्रेम प्रस्ताव तथा पुनर्मिलनको प्रस्ताव आउन सक्छ ,अचल सम्पत्तिको दुरपयोग, मिष्ठान्न परिकारको प्राप्ती, आँखा तथा टाउकोको समस्या, धार्मिक तथा भोजभतेरमा रमाउने अवसर मिल्ने छ । इष्टमित्रहरुले तपाईबाट फाइदा लिनेछन् । शुभअकं ६, खैरो रगं, दक्षिण दिशा शुभरहेको छ ।
कुम्भ

कुराकानीमा बिवादआउने, माया पिरतीका प्रस्ताव आउन सक्छ, चिन्ता तथा मनमा शंका आउने योग रहेको छ । अन्य व्यक्तिको मन जित्न समय एवं धेरै महनेत गर्नु पर्ने छ । शैक्षिकस्तरमा परिर्वतन, झुट्टा आरोप तथा अरुले मन दुःखाउने कुराहरुमात्र गर्ने छन् । शुभअंक १, कालो रगं र उत्तर दिशा शुभहुने छ
मीन

रोजगारीको अवसर मिल्नेछ । कार्यमा केहि बाधा आउन सक्छ, धेरै दौड्भागको काम हुने छ । पशुचौपायबाट खासै फाइदा नभएपनि व्यापारमा लाभ मिल्ने, राज्यस्तरबाट सहयोग मिल्ने । विशिष्ट व्यक्तिसँग भेटघाट हुने शुभ अकं २, शुभ रगं निलो, पश्चिम दिशा शुभरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest