फागुन महिनाको मासिक राशिफल

Tuesday, February 16th, 2021


मेष– समय उत्तम रहेकोछ । नयाँ कामको सुरुवात हुनेछ । छिमेकी संग भने केहि बिवाद आउनेछ । शैक्षिक प्रगति तथा यात्रा रमाईलो हुनेछ । धार्मिक कार्यमा मन लगाउदा राम्रो हुनेछ , मनमा धेरै कुराहरु आउने तथा आर्थिक प्रगति गर्न धरै बाटाहरु हुनेछन् । शुभ अकं ८ रातो रगं पश्चिम दिशा शुभ हुनेछ ।

बृष– सवारी साधन किन्ने, योग आएको छ । व्यवसायमा अरुको रिश बढेर जानेछ , परिवारमा बिवाद आउन सक्छ । आमाबुवाको मन दुखाउने हुँदा होसियारी हुुनुहोला , कृषिमा भने सफल्ता मिल्नेछ । बैदेशीक यात्रामा केहि अवरोध हुने तथा स्वास्थ्यमा सुधार हुनेछ । यो महिनाका लागी शुभ अकं ५ रातो रगं पुर्व दिशा शुभ हुनेछ ।

मिथुन– स्वास्थ्यमा समस्या आउनेछ, बैदेशिक यात्रा कठिन हुनेछ । ऋण बढेर जानेछ । एकान्तको बासोबास गर्न मन लाग्नेछ , आकस्मिक आर्थिक लाभ मिल्नेछ । शैक्षिक प्रगति भने हुनेछ । दाजुभाई हरु संग बिवाद हुनेछ । शुभअकं ४ पंहेलो रगं उत्तर दिशा शुभ रहेकोछ ।

कर्कट – अस्तवेस्तताको कारण स्वास्थ्यमा केहि समस्या आउनेछ । आर्थिक अभावले सताउनेछ । भविष्यको लागी केहि योजना बन्ने छ । सन्तानको प्रगतिले समाजमा मान बढ्नेछ । संगित तथा सौन्दर्यको लागी खर्च हुनेछ । नयाँ कामको सुरुवात नगर्दा राम्रो हुनेछ । शुभ अकं १ निलो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

सिंह – दाजुभाईको सहयोगमा काम बन्नेछ , बोलीबचनमा ध्यान दिनुहोला बिवादमा परिने योग रहेकोछ । धार्मिक कार्यमा मन जानेछ । व्यापार तथा कृषिको लागी उत्तम रहेकोछ । बिनाकारण झै झगडा मा परिनेछ । शुभ अकं ३ हरियो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

कन्या – स्वास्थ्य समस्या आउनेछ । परिवारमा बिवाद हुनुका साथै जागिरमा उच्च मुल्याङ्कन हुनेछ , भोजभतेरमा सहभागी हुनुपर्ला , बिनाकारण जरिवाना तिर्नुपर्ने छ । सन्तानको कारण समाजमा केहि भनाई खानुपर्ने छ । शुभ अकं ६ हरियो रगं पुर्व दिशा शुभ रहेकोछ ।

तुला – निर्णय दिन नसक्दा काममा फाईदा भन्दा घाटा हुनेछ , पेट सम्बन्धी समस्या तथा कृषिकार्यको लागी समय उत्तम रहेकोछ , यात्रामा नोक्सानी हुनेछ । प्रेमप्रस्ताव नआउला भन्न सकिदैन् । व्यापार भन्दा घरायसी काममा वढि व्यस्त हुनुपर्ने छ । शुभ अकं ४ सेतो रगं दक्षिण दिशा शुभ रहेकोछ ।

बृश्चिक – मनमा शान्ती तथा परिवारको लागी व्यस्त हुने दिन आएको छ । मान सम्मान मिल्ने तथा जिम्बेवारीको कामहरु आउनेछ । रिश बढेर जानेछ । सवारी साधनबाट होसियारी हुनुहोला नराम्रो कार्यको लागी मात्र मन जान सक्छ । शुभ अकं ९ पंहेलो रगं पुर्व दिशा शुभ रहेकोछ ।

धनु – आर्थिक प्रगतिमा बाधा आउनेछ । आफन्ती नै शत्रु हुनेछन् । व्यापार व्यवसायमा लाभ मिल्नेछ । बिना कारण यात्रा हुनेछ । चोटपटकको भए हुनेछ । बेला बेलामा शत्रुहरुले कुरा काट्ने छन् । शुभ समाचर सुन्नु पर्ला यो महिनाका लागी शुभ अकं ८ रातो रगं उत्तर दिशा शुभ हुनेछ ।

मकर – दाजुभाईको काम काजमा व्यस्त तथा व्यापारमा अरुले रिश गर्नेछन् । यात्रा गर्दा चोटपटक लाग्नेछ । आर्थिक लेनदेनमा केहि समस्या आउनेछ । सन्तान प्राप्ती हुनेछ । शिक्षामा भने केहि रोकावट आउनेछ । शुभ अकं २ निलो रगं दक्षिण दिशा शुभ हुनेछ।

कुम्भ – हतारमा गरेको काम काजमा रोकावट आउनेछ । अचल सम्पत्तीमा बिवाद आउनेछ , पे्रम–प्रेमीका बिचमा बिवाद आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । बेला बेलामा रिश बढेर जानेछ , शुभ अकं ७ सेतो रगं पश्चिम दिशा शुभ रहेकोछ ।

मिन – रोजगारीको लागी धेरै धौडधुप गर्नु पर्नेछ । राजनैतिक कामको लागी साथीभाई संग सल्लाह हुनेछ । उच्च पद प्राप्तीको लागी यात्रा हुनेछ । कला साहित्यमा मन जानेछ , मन नियन्त्रण गर्न नसक्दा केहि नराम्रो हुने छ । शुभ अकं २ सेतो रगं दक्षिण दिशा शुभ हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest