फागुन २५ बाट मंगलमको तहल्का

Monday, February 26th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःपछिल्लो समयका चर्चित फिल्म निर्देशक नवल नेपालले छविराज ओझा र नायिका शिल्पा पोख्रेलको निर्माणमा रहेको अर्को चलचित्र मंगलमको समेत निर्देशन गरेका छन् । मगंलम सहित उनले पाँच वटा फिल्म निर्देशन गरिसकेका छन् भने अन्य थुप्रै चलचित्र तथा म्यूजिक भिडियोमा कामगरिसकेका छन । महशुश, श्रीमान, लज्जा जस्ता हिट चलचित्र दर्शकसामु ल्याइसकेका नेपालले यसभन्दा अघि उनैले निर्देशन गरेको चलचित्र भाग सानी भागले उत्साहजनक दर्शक पाउन सफल भएको थियो भने रिलिजको मुखमा रहेको चलचित्र मंगलमले यसको भन्दा धेरै दर्शक पाउने अपेक्षा गरेका छन् नेपालले ।
नायिका शिल्पा पोख्रेलको निर्माणमा रहेको फिल्म मंगलम फागुन २५ गतेबाट नेपालका सिनेमाहलहरुमा प्रर्दशनमा आउनलागेको हो । अहिले यस चलचित्रको प्रचारप्रसार तिव्र पारिएको छ । गत असोज ११ गते रिलिज मिति पक्का गरिएको भएपनि विविध कारणले गर्दा रिलिज डेट सरेको थियो अब भने फिक्स डेट भएकाले नसर्ने बताउछन निर्देशक नवल नेपाल । शिल्पा पोख्रेल, पुष्प खड्का र पृथ्वीराज प्रसाईंको फिचरिङ रहेको यो चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ । नारीप्रधान चलचित्र ‘मंगलम’ को ट्रेलरमा शिल्पा र पुष्पको सशक्त अभिनय देख्न सकिने छ भने साम्राज्ञी राज्यलक्ष्मीको पनि फरक ढंगको अभिनय यसमा रहेको छ । चलचित्रमा अग्रजकलाकार नीर शाह, मिथिला शर्माको समेत मुख्य भूमिका रहेको निर्देशक नेपालले बताएका छन् । चलचित्रमा विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । पारिवारिक प्रेमलाई समेत यस चलचित्रमा विशेष स्थान दिइएको पाइन्छ । त्यस्तै द्धन्दको नाममा भौतिक द्धन्द नभई बैचारिक द्धन्द रहेको पनि निर्देशक नेपालले जानकारी दिए । फिल्म मंगलमले रिलिजहुने दिन नजिकीदै गर्दा विभिन्न महोत्सवहरुमा आफनो प्रचारलाई व्यापक बनाएको छ । हाल सबैको ओठमा झुण्डीएको “पर्ख पर्ख मायालु” र “बम्पर उपहार”बोलको गीतको चर्चाले गर्दा‘मंगलम’ ले दर्शकको साथपनि राम्रो पाउने अनुमान गरेका छन् निर्देशक नेपालले ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest