फेसन यूनाइट्सको अडिसन सम्पन्न

Sunday, March 25th, 2018

अनुराधा तिमिल्सिना,
काठमाण्डौ ः नेपाली डिजाइनर र मोडलहरुलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने उद्देश्यले आयोजना गरिएको फेसन युनाइट्सको अडिसन यहि १० गते शनिबार झम्सिखेल स्थित हाइभलाउन्जमा सम्पन्न भएको छ । उक्त अडिसनमा निर्णायकको भुमिकामा फेशन कोरियोग्राफर राज फैंजू, फेसन डिजाइनर श्रीषा बैदार फैजू, एनी तण्डुकार र मेकअप आर्टिस्ट गुण ताम्रकार रहेका थिए । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा हुने उक्त कार्यक्रम यहि आउदो चैत्र २३ गते शुक्रबार ब्लूस्टार होटलमा सम्पन्न हुने छ । यस कार्यक्रममा नेपाली डिजाइनरका साथै भारत र पाकिस्तानका डिजाइनरहरुले पनि आफ्नो डिजाइनलाई नेपाली मोडल मार्फत प्रदर्शन गर्दैछन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest