फेसबुकमा सुसाइड नोट लेखी एक युवतीले गरिन आत्महत्या

Monday, September 17th, 2018

 

फेसबुकमा सुसाइड नोट लेखी एक युवतीले आत्महत्या गरेकी छन् । बेनी नगरपालिका ५ घर भएकी सोनी क्षेत्रीले सुसाइड नोट लेखी कालीगण्डकीमा हाम फालेकी हुन् । क्षेत्रीले आइतबार कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययन उनले फेसबुकमा आफु खुसी भएको हेर्न नचाहनेहरुलाई बधाई दिदै कालीगण्डकीमा हाम फालेकी हुन् । उनले आफ्ना दुई जना साथीलाई बोलाएर उनीहरूकै अगाडि कालीगण्डकीमा हाम फालेको र उनको खोजी कार्य भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest