चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ःसमाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनानाउन सफल गीतकार प्रतिमा गुरुङ सानै देखि गीत, कबिता ,गजल ,शायरी लेख्न मन पराउथिन । फ्रान्समा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गुरुङले आमा ओ मेरी आमा ,आमा तिम्ले छाडी गएपछि जस्ता गीतहरु नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएर छुट्टै पहिचान बनाई सकेकी छन। उनको रचनामा केहि गीतहरु सामाजसेवी ,गीतकार, संगीतकार जितेन बान्तवाले गाएका छन् ।
प्रदेशमा कार्य व्यस्तता भएता पनि केहि फुर्सदको समयमा गीत लेख्न र गीत संगीत सुन्न मन पराउने गीतकार प्रतिमा भन्छिन ‘ म नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्छु, फुर्सद भयोकि म गीत लेख्न र गीत संगीत सुन्न मन पराउँछु गीत सुन्योकी नाच्न मन लाग्ने हुन्छ । फ्रान्समा हुने सांगीतिक कार्यक्रममा पनि नेपाली गीत संगीतमा नाच्दा आनन्द आउँछ सबै दुख भुलिन्छ ।अहिले मेरा २ वटा गीत बजारमा आई सकेका छन् (आमा तिम्ले छाडी गए पछि) र (आमा ओ मेरी आमा) यो दुई गीत बाट मलाइ दर्शक स्रोताले सोंचे भन्दा राम्रो प्रतिक्रिया दिनु भयो म एकदम खुशी छु्र ।’
उहाँहरुको मायाँले गर्दा अरु गीतहरु पनि छिट्टै बाजारमा ल्याउने जमर्को गरिरहेकी छु । म गीत संगीतबाट अलग हुन सक्दिन म गीत संगीत क्षेत्रमा आफ्नो गीत रचनाबाट सबैमा सहि म्यासेज जावोस र मेरो रचानाबाट मानिसले केहि सिकोस. मनन गरोस भन्न चाहान्छु ।
(नवनारीको नया गीत हेर्नु नछुटाउनुहोला)