बच्चालाई दिनुहोस् मनी एजुकेशन

Wednesday, March 13th, 2019

सबनम सुब्बा थापा, संस्थापक/ प्रिन्सिपल
मन्टेश्वरी किडस वल्र्ड

सबै अभिभावक आफ्नो बच्चालाई राम्रो भन्दा राम्रो शिक्षा दिने कोशिश गर्छन् । तर नजानेर कतिपय अभिभावकले महत्वपूर्ण विषयलाई वेवास्ता गरिरहेका हुन्छन्, त्यो हो मनी एजुकेशन ।
मनी एजुकेशनको मतलव सहज पैसाको बचत मात्र सिकाउने होइन की पैसालाई सहि तरिकाले खर्च गर्न वा हिसाव किताव गर्न सिकाउनु पनि हो । सहि उमेरमा सहि मनी एजुकेशनले तपार्इंको बच्चाको भविष्यलाई उज्वल बनाउन सक्छ, त्यसैले आउनुहोस् के हो मनि एजुकेशन र त्यससँग जोडिएका विशेष कुराहरु ।

के हो मनी एजुकेशन ?
मनी एजुकेशन भनेको मनी मेनेजमेन्ट, जसमा बच्चालाई बचत गराउन, खर्च गर्न र लेन देन हिसाब किताब आदिको पूरै जानकारी दिने गरिन्छ । यस क्षेत्रका विज्ञका अनुसार अहिलेको जेनेरेशनका साथमा पूरानो जेनेरेशनको तुलनामा खर्च गर्नका लागि धेरै बहाना र पैसा दुबै छ । यदि बाल्यकालदेखि नै मनी एजुकेशनसँग जोडिएका सहि जानकारी दिन सकियो भने उ जवान भएपछि उसको लागि मनी मेनेजमेन्ट धेरै सजिलो हुन्छ । नत्र धेरै जसो बच्चाहरु जस्तै बैंकको साधारण फारम भर्नका लागि पनि अरुको सहयोग लिनु पर्दछ ।

बच्चालाई पैसाका बारेमा सम्झाउनु सिकाउनु अभिभावकको जिम्मेवारी पनि हो । बच्चाले यो जान्न आवश्यक छ कि उसलाई खर्चका लागि पैसा कमाउन आवश्यक हुन्छ । जीवनमा हरेक चिज सजिलै पाइँदैन । कुनै स्टोरमा गएर उसले खेलौनाका लागि जिद्धी ग¥यो भने त्यो आफैं पाइदैन, त्यसका लागि अभिभावकले पैसा दिनुपर्दछ । त्यो पैसा अभिभावकको मिहनेतको कमाई हो । बच्चाको इच्छा पूरा गर्नु र उसको जिद्धी पूरा गर्नु दुईवटा फरक कुरा हुन्, जुन अभिभावले बुझ्नुपर्छ ।

कसरी गर्ने सुरुवात ?
आफ्नो बच्चालाई त्यहि दिनबाट पैसाको बारेमा बताउन सुरु गर्नुहोस्, जुन दिनदेखि उसले अंकको जोड घटाउ सुरु गर्न थाल्छ ।
प्राय २ वर्षको उमेरमा नै बच्चाले पैसा चिन्न थाल्छन् । मोबाइल, रिमोट कन्ट्रोल जस्तै पैसालाई पनि जरुरी सम्झन थाल्छन् र पैसा पाउने कोशिश गर्दछन् । यो उमेरमा कथा या खेलको माध्यमबाट उनीहरुलाई पैसाको बारेमा बताउनुपर्दछ ।
पैसाको बचत एक जरुरी संस्कार हो र मितव्ययीता एउटा आदत । जुन आफ्नो बच्चामा बाल्यकालदखि नै बानी बसाउनुपर्दछ ।
खेलौनाजस्तै पैसा जम्मा गर्नु पनि बच्चाको रहर हुन्छ, त्यसैले उसलाई पैसा राख्नका लागि खुत्रुके ल्याएर दिनुहोस् ताकी उसले पैसाको बचत सिक्न सकोस् ।
उमेरको साथ साथ बच्चाको डिमाण्ड पनि बढ्न थाल्छ । उनीहरुको बढ्दो आवश्यकतालाई पूरा गर्न पर्याप्त पकेट मनी र उसको खर्चमा नजर राख्नु अभिभावकको जिम्मेवारी हो ।
यदि तपार्इंको बच्चाले राम्रोसँग पैसा जम्मा गरेको छ भने उसलाई कुनै उपहार दिनुहोस् । यसले बच्चा बचतका लागि प्रोत्साहित हुन्छ र धेरै पैसा जम्मा गर्ने कोशिश गर्छ ।
प्रायः बच्चाहरु कुनै चिजलाई लिएर जिद्धी गर्न लाग्छन,। जुन सहि होइन । यस्तोमा अभिभावकले उसलाई सम्झाउनुपर्दछ कि उसको माग कति सहि हो र कति गलत तर फैसला चाहिँ उसैमा छोड्नुपर्दछ ।
बच्चाको हरेक आवश्यकता हेरेर निश्चित धनराशी दिनुहोस् र बजारमा उपलब्ध विकल्प बारेमा पनि बताउनुहोस् । उनीहरुलाई यो पनि सम्झाउनुहोस् कि जति धनराशी उ बचाएर ल्याउछ, त्यो उसैका लागि नै राखिने छ ।
बच्चालाई आवश्यक वस्तु र बिलासिताका वस्तुका बारेमा फरक सम्झाउनुहोस् । उनीहरुलाई बताउनुहोस् कि इच्छा कहिल्यै पनि सकिदैन । एउटा इच्छा पूरा हुनासाथ अर्को इच्छा सुरु हुन्छ तर प्रमुख आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । यसको मतलव यो होइन कि तपाई उसलाई इच्छा मार्नका लागि भन्नुहोस् । बरु उसलाई सम्झाउनुहोस् कि हरेक कुरालाई आवश्यकताका आधारमा प्राथमिकता दिनुपर्छ ।
बच्चालाई आफ्नो आवश्यकता र इच्छाको लिस्ट बनाउनका लागि भन्नुहोस् । आवश्यकता पूरा गरेपछि बचेको पैसाले उ आफुलाई मनपरेको चीज किन्न सकोस । बच्चालाई यो पनि बताउनुहोस् कि जबसम्म अघिल्लो पकेट मनी मिल्दैन, इमरजेन्सीका लागि केही पैसा बचाएर आफ्ना साथमा राख्नुपर्दछ ।
बजार र सुपरमल बच्चालाई पैसाको महत्व सम्झाउनका लागि उपयुक्त स्थान हो । बच्चाको सामान लिएकै वेला नै उसलाई जोड्दै रहनका लागि भन्नुहोस् र बच्चाको हातबाट नै पेमेन्ट गराउनुहोस् ताकी उसलाई थाहा हुन्छ कि कुन सामानलाई कति पैसा दिनुपर्दछ ।
हरेक बार बच्चालाई फाइदा हुने काम नगर्नुहोस्, कहिले काहिँ उसलाई घाटा पनि हुन दिनुहोस् ताकी उसलाई थाहा होस्, घाटा हुँदा कस्तो परिस्थिति हुन्छ ।
कतिपय देशमा पैसाको महत्व सिकाउन बच्चालाई वर्षभरिमा २–३ पटक अफिसमा ल्याउने गर्छन् । जहाँ उसले आफ्नो अभिभावले काम गरेको देख्छ र उसले पैसा कहाँबाट आउछ र कति मिहनेत गर्नुपर्छ भन्ने कुरा पनि सिक्छ ।
आजभोलि बैंकमा सेभिङ् एकाउण्ट खोलाउनका लागि कुनै निश्चित उमेर चाहिँदैन । तपाई आफ्नो एक दिनको बच्चाका नाममा पनि बंैकमा एकाउण्ट खोल्न सक्नुहुन्छ । बैंकमा एकाउण्ट हुनाले बच्चामा बचतको बानी त पर्छ नै, उसको भविष्य पनि सुरक्षित हुन्छ ।
उमेरअनुसार मनी एजुकेशन
५ देखि १० वर्षको बच्चका लागि
अनुसन्धानबाट ९० प्रतिशत ब्रेनको विकास ५ वर्षको उमेरसम्ममा हुन्छ भन्ने कुरा पत्ता लागेको छ । यसैले पैसाको महत्व सम्झाउने एकदमै सहि समय हो यो ।
यो उमेरका बच्चाहरु सिक्का जम्मा गर्न निकै रुचि राख्छन् । अभिभावकले उनीहरुको लागि खुत्रुके दिन आवश्यक हुन्छ ।
हरेक हप्ता एक निश्चित दिन बच्चालाई निश्चित पैसा दिनुहोस्, जुन उसले आफ्नो बचत या खर्चका लागि प्रयोग गर्न सकोस् ।
बच्चालाई पैसा यत्तिकै सजिलै आउदैन, यसका लागि काम गर्नुपर्दछ भन्ने सिकाउनुहोस् । साथै काम गर्न प्रोत्साहित गर्नुहोस् । घरको सानो तिनो काम जस्तै आफ्नो प्लेट उठाएर राख्न, ओच्छ्यान मिलाउन, महिला कपडा एकठाउँमा मिलाएर राख्नका लागि केहि पैसा दिनुहोस् । जसले उसले आफूलाई मनपर्ने खानेकुरा या खेलौना किन्न सकोस् र बाँकी उसको बचतको लागि होस् ।
समय समयमा बच्चाबाट उसको बचतबारेमा जानकारी लिँदै गर्नुहोस् । यदि तपाईलाई उसले राम्रोसँग पैसा जम्मा गरेको जस्तो लागेको छ भने इनामको रुपमा केही गिफ्ट दिनुहोस् ।
१०–१४ वर्षको वच्चा
यस उमेरका बच्चालाई खुत्रुके सानो हुन थाल्छ, त्यसैले बैंकमा सेभिङ् एकाउण्ट खोलाउन यो समय एकदमै सहि हुन्छ ।
बच्चा आफ्नो अभिभावकलाई देखेर नै सिक्छन् । तपाई घर खर्चको बजेट, इन्भेस्मेन्ट वा बचतको चर्चा घरमा नै सबैको सामुन्ने खुलेर गर्नुहोस् ।
बच्चाको आवश्यकता बढ्दै जाने भएकोले उसको पकेट खर्च पनि बढाइदिनुहोस् ।
बच्चामा चेरीटीको भावनाको विकास गराउनुहोस् । कुनै राम्रो कामका लागि उसको हातबाट पैसा दिनुहोस्, ताकि दिने भावनाको जागृत होस् ।

१४–१८ वर्षकोे वच्चा
टिनएजर्स आत्मानिर्भर हुन चाहन्छन् तर आर्थिकरुपले अभिभावकमाथि निर्भर हुने कारण उनीहरु खासै केही गर्न पाउदैनन् । त्यसैले सेभिङ् र इन्भेष्टमेन्ट सँग जोडिएको कुरा टीनएजर्सलाई सम्झाउनु अभिभावकको दायित्व हुन्छ ।
क्रेडिट कार्ड र डेभिड कार्डका बारेमा टिनएजर्स सन्तानलाई परिचित गराउनुहोस् । यसको खर्चमा नजर राख्नुहोस् ताकी यसको दुरुपयोग नहोस् ।
टीनएजर्सको आर्थिक निर्भरताको लागि कुनै पार्ट टाइम जब गर्नका लागि प्रोत्साहित गर्नुहोस् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest