बजेट अनुसार हुन्छ बुटिक

Tuesday, October 22nd, 2019

कहिले देखि यो व्यवसायमा संलग्न हुनुुहुन्छ ?
विगत सोह्र वर्ष देखि बुटिक व्यवसाय संचालन गरिहेकी छु ।
यो व्यवसाय संचालन गर्ने सोच कसरी आयो ?
म आँफू व्यवस्थापनको विद्यार्थी, कुनै टेक्निकल विषयमा जानु ठीक हुन्छ जस्तो लाग्थ्यो । फेशन महिला, पुरुष सबैलाइ चाहिने विषय भएकाले यहि क्षेत्रमा राम्रो गर्न सकिएला भन्ने सोच आयो ।
यो व्यवसायमा संलग्न हुन परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
मेरो परिवारमा आँफूले गर्न खोजेको काममा सहयोग नगर्ने भन्ने कहिल्यै भएन, परिवारको साथ र सहयोग पाएर नै यहा सम्म आइपुगेकी छु ।
यो व्यवसायमा आउन के कस्तो तयारी गर्नु पर्छ ?
पहिलो कुरा त कुनै पनि व्यवसायमा जानु अगाडी त्यो विषयमा जानकार हुनु पर्यो, यो व्यवसाय पनि त्यस्तै नै हो, अहिले त सजिलो पनि छ, स्नातक तह सम्म फेशन डिजाइनको अध्ययन गर्ने वातावरण पनि छ, यहि विषय अध्ययन गरेर केहि अनुभव संगाल्नु आवश्यक छ ।
यो व्यवसायको सुरुवातमा के कस्तो समस्या आइपरे ?
सुरुवाती दिनहरु त्यति सहज थिएनन् । एकदमै समस्या थियो, आजको जस्तो सजिलो थिएन, आजको जस्तो बुटिकमा जानु पर्छ, त्यहाँ आँफूले चाहे जस्तो पोशाक तयार हुन्छ भन्ने जनमानसलाई जानकारी नै थिएन, त्यसैले पनि च्यालेन्ज थियो । अर्को कर्मचारीहरुको व्यवस्थापन पनि सहज थिएन, भने जस्तो कालिगढ पाइदैनथ्यो, पाइए पनि निकै महंगो आर्थिक भार व्यहोर्नु पथ्र्यो ।
अन्य बुटिक भन्दा सार्थक फेशन बुटिक के हिसावले फरक छ ?
अहिलेको प्रतिष्पर्धात्मक बजारमा सार्थकले आफ्ना ग्राहकलाई फरक ढंगले सेवा दिइरहेको छ । सार्थक फेशन बुटिकमा आफुले चाहे जस्तो गुणस्तरीय सामान सुपथ मुल्यमा पाउनु हुन्छ, गुणस्तरमा सार्थक फेशन विशेष सजग छ ।
सार्थक फेशन बुटिकका शाखाहरु पनि छन् कि ?
सन् २००४ मा बौद्धबाट सार्थक फेशन बुटिक संचालनमा आएको हो । त्यसको ६ वर्ष पछि नक्सालमा शाखा विस्तार गर्न सफल भयौ भने भर्खरै चावहिल प्लाजामा पनि शाखा विस्तार गरेका छौं, अझै दुइवटा शाखा खोल्ने योजना रहेको छ ।
बुटिक महंगो हुन्छ भनिन्छ नि ?
वास्तवमा बुटिक महंगो होइन, राम्रो क्लालिटी र फिनिसिङ् दिने भएकोले महंंगो जस्तो लागेको हो । त्यसमा पनि सार्थक फेशन बुटिक त यहाँहरुको बजेट अनुसार नै डिजाइन दिन सफल छ, त्यसैले पनि सार्थक फेशन बुटिकले ग्राहकको मन जितेको छ ।
यो व्यवसाय संचालन गरिरहनु भएकाहरुलाइ यहाले के सुझाव दिन चाहनु हुन्छ ?
बुटिक महंगो हुन्छ भन्ने आम धारणा रहेको पाइन्छ । केहि बुटिकहरुले अलि धेरै मार्जिनमा काम गरेकोले पनि यो धारणाको विकास भएको हो जस्तो लाग्छ, त्यसैले बुटिकलाई ग्राहकको रोजाईमा पार्नको लागि कम मार्जिन, गुणस्तरयुक्त सामान, समयमा नै डेलिभरी दिएर ग्राहकलाई यो क्षेत्र प्रति सकारात्मक भावको विकास गर्न सहयोग गर्नुहोस् भन्ने सम्पूर्ण बुटिक व्यवसायीहरुलाई मेरो आग्रह रहेको छ ।
अहिले फेशनको लहर जताततै चलेको छ, तर यो व्यवसायलाई व्यवस्थित गर्न सरकारी स्तरबाट त्यति पहल भए जस्तो लाग्दैन, सरकारी स्तरबाट के अपेक्षा गर्नु भएको छ ?
बुटिकहरु धेरै खुलेका छन्, काठमाण्डौमा नै झण्डै तीन सयको हाराहारीमा बुटिक रहेको अनुमान गरिएको छ । तिनीहरुलाई व्यवस्थित गरि ती व्यवसायीहरुलाई कालिगढहरु पाउन कठिन छ, पाए पनि दक्ष पाइदैन, यो विषयमा तालिमहरु संचालन गरेर सहयोग गरे हुन्थ्यो जस्तो लाग्छ ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest