बञ्चरो प्रहार गरी श्रीमतीलाई हत्या श्रीमान पक्राउ

Saturday, February 6th, 2021

कास्की :आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेपछि श्रीमानलाई हत्या अभियोगमा पक्राउ गरिएको हो ।

पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest