बनेपामा एकदिने हेयर टेक्निकल सेमिनार

Thursday, March 14th, 2019


सिटिइभिटिबाट मान्यता प्राप्त आइटिसि स्किल डेभलपमेन्ट व्यूटि पार्लर एण्ड ट्रेनिङ् सेन्टरका प्रोपाइटर रुस्का बैद्य श्रेष्ठ द्धारा काभ्रेको बनेपामा बेरिना हेयर टेक्निकल एकदिने सेमिनार सम्पन्न भएको छ ।

उक्त सेमिनारमा बनेपा लगायत काठमाण्डौ, भक्तपुर, पनौती, पाँचखाल, धुलिखेल आदि स्थानबाट एकसय पचास जना भन्दा बढी व्यूटिसियनहरुले सहभागिता जनाएका थिए ।

उक्त सेमिनारमा बेरीनाका सिनियर टेक्निसियन तथा हेयर एक्सपर्ट सञ्जु चौहानद्धारा नयाँ प्रविधिको रोलर, वाक्सिङ्, कोलाजिन, हेयर ट्रिटमेन्ट, हेयर स्मुथिङ्, थर्मल स्लीक, ट्रिटमेन्ट लगायत कटिङ्, ब्लोड्राईका नयाँ टेक्निकहरु देखाइएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest