‘बर्दिबास बिम्बु नामक पुस्तक बजारमा

Thursday, October 31st, 2019

 चक्र प्रसाद पोख्रेल
बर्दिबास :बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको पहिलो ‘बर्दिबास बिम्बु नामक पुस्तक बजारमा आएको छ ।माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नगर प्रमुख विदुर कार्की, राष्ट्रियसभाको उपाध्यक्ष शशिकला दाहाल, नगर उपप्रमुख तथा प्रदेश सभा सदस्य शारदा थापा लगाएत देशका प्रतिष्ठित व्यक्तिहरुको हातबाट एकैसाथ उक्त पुस्तकको विमोचन भव्यताकासाथ सम्पन्न भएको थियो ।
बर्दिबासको नाम कसरी बर्दिबास रह्यो, बर्दिवासमा रहेको ऐतिहासिक सम्पदा, मुसहर बस्ती निर्माण, यहाँका धार्मिक स्थलहरु तथा विभिन्न लेख रचना जस्ता कुराहरु समेटिएको ुबर्दिवास बिम्बु समाजिक, साँस्कृतिक, विचारप्रधान अनुसन्धानमूलक पुस्तक हो । बर्दिवास बिम्ब पुस्तक पढेपछी सम्पूर्ण बर्दिवासलाई बुझिन्छ भन्दै विश्वराज वाग्ले र भिम राउतले उक्त पुस्तकलाई विश्लेषण गरेका थिए । उक्त कार्यक्रममा नानीराम दाहाल ुबन्चरोु, इन्द्रराज लामा, जीवनस्पर्शी, तोयाराज घिमिरे, रामचन्द्र पौडेल, यशोदा श्रेष्ठ, केदार गौतमले कविता वाचन गरेका थिए भने जीवनराज दाहाल र सोविका क्षेत्रीले हास्य दोहोरी कविता वाचन गरी सबैलाई हँसाएका थिए । उक्त कार्यक्रमलाई लक्ष्मण निरौलाले संचालन गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest