अब फेरी किन गरिन मुन्डन सावित्रीले हेनुहोस भिडियो सहित

Tuesday, August 28th, 2018

 


कृष्णा चौलागाई,
काठमाण्डौ ःभदौ २ गते माईतीघर मण्डलामा पेटिकोट लाएर प्रदर्शन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेको छन् ।यसै क्रममा बलात्कारबाट मृत्यु भएका महिलाहरुको सम्झनामा अधिकारकर्मीले आज कपाल मुण्डन गरेका छन्।संविधान संशोेधन गरेर जघन्य खालका बलात्कारका घटनामा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका हुन् ।
रिपोटर्स क्लव नेपालमा अधिकारकर्मीले पत्रकार सम्मेलन गर्दै कपाल मुण्डन गरेका थिए । यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।पत्रकार सम्मेलनमा कपाल मुण्डन सरकारलाई बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको कानून बनाउन दबाब दिने अभियान भएको बताइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest