बलात्कारीलाई आजीवन काराबासको माग राखी संशोधन प्रस्ताव दर्ता

Sunday, August 19th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ःबलात्कारीलाई आजीवन काराबासको सजाय माग राखी राष्ट्रियसभाका महिला सांसदले संशोधनका लागी प्रस्ताव दर्ता गरेका छन् ।भदौ २३ गते सरकारले फौजदारी र देवानी संहितामा संशोधन गर्न राष्ट्रियसभामा संशोधन विधेयक दर्ता गरेको थियो । राष्ट्रियसभामा छलफलका क्रममा रहेको उक्त विधेयक अन्तर्गत बलात्कारीलाई सजाय सम्बन्धी व्यवस्थामा संशोधन माग गर्दै राष्ट्रियसभाका सांसद विमला राई पौड्याल र दिलकुमारी रावलले संशोधन प्रस्ताव पेश दर्ता गरेका हुन् ।
उनीहरुले १० वर्ष मूनीका बालिका
७० वर्ष माथिका महिला
‘क’ वर्गको अपाङ्गता भएका महिलालाई बलात्कार गर्ने व्यक्तिलाई आजीवन काराबासको सजायको माग राखी संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।फौजदारी संहिताको दफा २२० को हाडनाता करणी सम्बन्धी व्यवस्थामा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा मात्रै जन्मकैदको व्यवस्था छ ।
सरकारले संशोधनको लागि प्रस्ताव गरेको बुँदा बाहेक अन्य व्यवस्थामा छलफल गर्न नपाईने हुँदा आफूहरुले अन्य बुँदामा संशोधन दर्ता गरेपनि अहिले छलफलमा नआउने सांसद विमला राई पौड्यालले बताईन् ।नेपालको संविधान अनुसार फाँसीको व्यवस्था माग गर्न नसकिने हुँदा बलात्कारीलाई जेलमै मर्ने गरी सजायको व्यवस्था आफूहरुले माग गरेर संशोधन प्रस्ताव दर्ता गरेको सांसद दिलकुमारी रावल ‘पार्वती’ ले बताईन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest