बलात्कार गर्नेलाई १५ दिनको जेल सजाय

Monday, October 29th, 2018

चक्र प्रसाद पोख्रेल,
उदयपुर ः जिल्ला अदालत उदयपुरले एक १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा तीन बालकलाई १५ दिन कैद सजायको फैसला सुनाएको हो ।जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले १०, ११ र १३ वर्षीय तीनैजना बालकलाई यौन दुव्र्यवहरा गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
कसुरदार सबै बालक रहेकाले अदालतले यस्तो फैसला सुनाएको हो। बालिकालाई तीनै बालकले २०७५ असार १ गते विद्यालयबाट घर फर्कने क्रममा बलात्कारको प्रयास गरेका थिए । घटनाको २० दिनपछि पीडितले विद्यालयका अन्य साथीलाई सबै कुरा सुनाएपछि घटना बाहिर आएको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest