बलात्कार गर्नेलाई ८ वर्ष कैद

Thursday, November 29th, 2018

बलात्कार गर्नेलाई ८ वर्ष कैदको घोषणा गरिएको छ । गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाँय तोकिएको श्रेष्तेदार बस्यालले बताए । पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest