बलात्कार पछि त्रिशुल र ढुङ्गाले हानेर विभत्स हत्या

Friday, October 2nd, 2020

 


१६ असोज, बलात्कार पछि हत्या भएकी सम्झना विश्वकर्मालाई त्रिशुलले रोपेर हत्या गरेको अपराधि राजेन्द्र बोहोराले स्वीकार गरेको प्रहरीले जनाएको छ । बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्र्षीया सम्झना विश्वकर्मा बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी थिइन् तर उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । बोहोरा माथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । उनले अनुसन्धानको क्रममा बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ करिब ४ बजेदेखि ५ बजेको बिचमा बालिकामाथि बलात्कार भएको र घटना बाहिर आउने डरले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको बोहोराले बताएका छन् भने घटनास्थलबाट प्रहरीले त्रिशूलसमेत बरामद गरेको छ ।
हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्र्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरिएको थियो ।
सम्झनाको बलात्कारपछि हत्या भएको चार दिनपछि घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । बलात्कारको घटना मिलाउने व्यक्तिहरुलाई समेत कारबाही हुने जिल्ला प्रहरी कार्यालय बझाङ्ले जनाएको छ । पहिलो घटना मिलाउन संलग्न रहेका ६ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने छ बझाङ्का प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । गाउँलेहरुका अनुशार बलात्कार र हत्या आरोपमा पक्राउ परेका बोहरा विगतदेखि नै आपराधिक क्रियाकलापमा रहेको भएपनि सानो घटना भन्दै छोड्दै गर्नाले अपराधिको मनोवल बढेर यस्तो बिभत्स घटना भयो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest