बलात्कार पछि १३ वर्षिया बालिका गर्भवती

Tuesday, July 10th, 2018

किरण चालिसे
बैतडी ः बैतडीमा १३ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ३० वर्षीय कासिराम वड विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।उनले घरमा कोही नभएको बहानामा किशोरीलाई अनेक बहानामा ललाई फकाई यौन शोषण गर्दै आएको किशोरीका बुबाले बताए । किशोरी कक्षा ५ मा अध्ययनरत रहेको पनि उनका बुबाले बताए ।
किशोरीले पेट दुख्यो भन्दै उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा गएपछि उनको पेटमा १९ हप्ताको गर्भ रहेको थाहा भएको थियो । कसको गर्भ हो भन्दै परिवार आफन्तले सोधपुछ गर्दा किशोरीले घटनाबारे बताएकी हुन् ।घटनाका आरोपित विरुद्ध किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएका हुन् ।उजुरी अनुसार प्रहरीले वडलाई पक्राउ गरी असार २४ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक कान्तराज जोशीले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest