बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएकी पीडित युवतीको बयान उनकै शब्दमा

Sunday, December 29th, 2019


काठमाडौं :अशिक्षित परिवारका व्यक्तिलाई प्रलोभनमा पारेर ‘बलि चढाइएको’ घटना सार्वजनिक नभएका होइनन् । तर, राजधानीबाटै एकजना व्यवसायिक मोडललाई बलि चढाउने उद्देश्यसहित भारततर्फ लान खोजिएको समाचार बाहिरिएपछि सर्वसाधारणले आश्चर्य मानेका छन् ।काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार पत्रकार सम्मेलनमार्फत ७ जना आरोपितलाई सार्वजनिक गरेर घटनाको फेहरिस्त प्रस्तुत गरेको थियो ।

प्रस्तुत छ, पीडित युवतीसँग गरिएको कुराकानीको सम्पादित अंश, उनकै शब्दमा :

एक महिनाअघि सांस्कृतिक कार्यक्रममा ‘र्‍याम्प शो’ छ भनेर मलाई एकजना चिनेकै मान्छेले अफर गर्नुभएको थियो । उहाँले १० जना मोडल तयार पार्नुपर्ने छ भन्नुभएको थियो । मोडलचाहिँ अग्ली हुनुपर्ने बताउनुभयो । मैले तिमीलाई चिनिराखेको भएकाले खबर गरेको भन्नुभयो ।

मैले ठीक छ, कार्यक्रमको ढाँचा पठाइदिनुस् भनेँ । पहिले पनि उहाँहरुसँग काम गरिसकेकाले मैले इन्कार गर्ने कुरै थिएन । मैले सहमति जनाएपछि भोलिपल्ट उहाँले मलाई फोन गरेर ‘तिम्रो हाइट नाप्नुपर्ने भयो’ भन्नुभयो । त्यसको भिडियो पनि बनाउनुपर्ने भन्नुभयो ।मैले ठिकै छ भनेँ र अफिसतिरै बोलाएँ । उहाँले सुरुमा हाइटको भिडियो लिन अरुलाई पठाइदिन्छु जस्तो कुरा गर्नुभयो । मैले हजुर नै आउनुपर्छ भनेँ । त्यसपछि आफैं नापेर भिडियो खिच्नुभयो । उहाँले आयोजकलाई भिडियो देखाउँछु, कुरा मिल्यो भने फोन गर्छु भन्नभयो । अर्को दिन के भयो भनेर सोधेँ । तर, जवाफ आएको छैन भन्नुभयो ।त्यसपछि मैले पनि उहाँलाई फोन गरिन र उहाँको पनि आएन ।

दोस्रो पटक आएको प्रस्ताव

करिब २० दिनपछि अर्कोतिरबाट उस्तै प्रकृतिको प्रस्ताव आयो । अफर सुनाइसकेपछि सितापाइलाकी प्रेममाया तामाङले भन्नुभयो, ‘तिम्रो नम्बर आयोजकहरुलाई दिन्छु, कुरा गर्नु नि १’ मैले पहिले पनि एक पटक भिडियो पठाएको सुनाएँ ।

त्यसपछि भोलिपल्ट मलाई आयोजक बताउने अर्का व्यक्तिको फोन आयो । जसले कोरिया, भारत र नेपाल सहभागी भएर कोटेश्वरमा हुने संयुक्त सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने बताए । कार्यक्रममा हुने र्‍याम्पमा हिँड्नुपर्ने मलाई भनिएको थियो । यो काम मैले पहिल्यै पनि गरिरहेकै थिएँ । त्यसैले स्वीकारेँ ।

दोस्रो पटक आएको अफरमा पनि उचाइ नाप्ने कुरा आयो । ६ फिट चाहिने भनिएको रहेछ । तर, त्योभन्दा अलि कम छु भनेर मैले सुनाएँ । उहाँहरुले म्यानेज गरेर ६ फिट देखाउँछु भन्नुभयो । त्यो भिडियो कहाँ पठाउनु भयो, थाहा छैन । भिडियो तयार पार्नुअघि यसरी खिच्नु भनेर एकजना महिलाको उचाइ नापेको डेमो भिडियो पनि मलाई पठाइएको थियो ।

मलाई किन भिडियो बनाएको होला जस्तो लागि रह्यो । तर, विदेशी कार्यक्रममा पहिलोपटक सहभागी भएकाले मलाई नियम थाहा नभएको हो कि भन्ने पनि लाग्यो । भिजिट नेपाल २०२० को कार्यक्रम होला भन्ने मेरो अनुमान थियो ।

अर्को दिन मेरो भिडियो हेरेर स्वीकृति प्राप्त भएको जानकारी आयो । दुई दिनपछि फोनमा मैले कार्यक्रमको ढाँचा मागेँ । अरु सबै कार्यक्रममा पहिल्यै सम्पूर्ण विवरण आउँथ्यो । तयारी कक्षा हुन्थ्यो ।

सांस्कृति कार्यक्रमको पूर्व तयारी कतिसम्म हुन्छ भन्ने मलाई थाहा थियो । पूजा पनि स्वीकारेको थिएँ । तर, कुरा निजी मामलामा प्रवेश गरेपछि मैले घरमा दाइलाई सबै कुरा सुनाएँ
उहाँ होइन हुन्छ, बोलाइहाल्छौं भन्नुभयो । तर, धेरै दिन केही जानकारी आएन । बरु करिब ३ दिनपछि कार्यक्रममा तपाईं मात्रै जाने हुनुभयो है भन्नुभयो ।

पहिले १० जना भनेको फेरि म मात्रै जाने भनेपछि अचम्म लाग्यो । सोध्दा चित्त बुझ्दो उत्तर पाइनँ । बरु उहाँहरुले सांस्कृतिक कार्यक्रममा पूजा पनि हुन्छ है भन्नुभयो । पूजा पनि थपिएपछि मैले सोचेँ, ‘कल्चरल प्रोग्राम भनेको छ, नेपालमा आएकालाई स्वागत गर्न होला ।’

अनि, शंका लाग्यो‘

काठमाडौंबाट म एक्लै भए पनि पनि अन्य देशबाट आउँछन् भन्ने लागेको थियो ।तर, दुई घन्टापछि मलाई फेरि फोन लगेर दिक्क लाग्दो प्रश्न सोधियो ।‘बहिनी, तपाईँलाई मिन्स भएको छ कि छैन’, मलाई सोधिएको थियो ।

‘दाइ, तपाईंलाई मेरो निजी कुरा किन चाहियो रु मैले कार्यक्रम गर्ने हो । मिन्स हुनुरनहुनुसँग तपाईंलाई के सरोकार रु’, मैले जवाफ दिइहालेँ ।तर, होइन पूजा हुन्छ, महिनावारी हुँदा संलग्न हुन गाह्रो हुन्छ भनियो ।

चार दिनपछि अर्को अनौठो प्रश्न सोधियो 

कार्यक्रम गर्ने भएपछि सबै कुरा बुझ्नुपर्छ भन्दै मलाई सोधियो( तपाईं माछामासु खानुहुन्छ रु रक्सी खानु हुन्छ कि हुँदैन रु यतिवेला त अति नै भयो भन्ने लाग्यो ।सांस्कृति कार्यक्रमको पूर्व तयारी कतिसम्म हुन्छ भन्ने मलाई थाहा थियो । पूजा पनि स्वीकारेको थिएँ । तर, कुरा निजी मामलामा प्रवेश गरेपछि मैले घरमा दाइलाई सबै कुरा सुनाएँ ।दाइलाई म अरु कार्यक्रममा जाँदा पनि सुनाउँथे । उहाँ पनि कार्यक्रम हेर्न आउनुहुन्थ्यो । दाइले आश्चर्य मान्दै भन्नुभयो, ‘फर्म्याट र टाइम पनि दिएको छैन भनेपछि के हो विचार गर है ।’

भोलिपल्ट त्यही मान्छेको फोन आयो ।

बहिनी अब विराटनगर जानुपर्छ, त्यहाँ तिमीलाई लक्ष्मी बनाएर राखिन्छ, रातो साडी अनि २५ तोला सुनहरु लगाइन्छ भन्यो । साडी, चोलो लगाएर बिराटनगरको सीमा क्षेत्रमा राखेर पूजा गर्दै डकुमेन्ट्री बनाएर भिडियो बाहिर पठाउने उनले सुनाए ।पहिले त र्‍याम्प शो भनेको थियो । अहिले त पूरौ प्याट्रन नै फरक भयो । त्यो मलाई पटक्कै चित्त बुझेन । त्यही पनि ऊसँग केही भनिन । दाइलाई सुनाइहालेँ ।

दादाले हेर यो पच्दैनपच्ने कुरा हो भन्नुभयो । त्यसपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई भेट्न भन्नुभयो । म टेकु गएँ । आधा घन्टा पर्खिए, बाहिर जानु भएको रहेछ । मेरो कुरा राखेपछि एकदमै सहयोग गर्नुभयो । मैले पनि त्यसपछि भएका सबै कुरा सुनाउन थालेँ ।बिराटनगरमा हुने कार्यक्रममा मलाई लक्ष्मी माता बनाउने भनियो । पूजा पनि हुन्छ भनियो । कक्षा पनि केही लिनुपर्दैन । डकुमन्ट्री जस्तो खिच्छ भन्यो । यो पहिले भनिए भन्दा विल्कुलै फरक कुरा थियो
३० हजारमा डिल

कार्यक्रमको ढाँचा आइनसकेकाले मैले मुख्य मान्छेलाई भेट्छु भनेँ । त्यसपछि तीन जना केटाले मलाई प्रेमा तामाङ र कृष्ण तामाङको नम्बर दिए । उनीहरुले पनि मेरो नम्बर लिइसकेका रहेछन् । मैले गर्नुअघि नै प्रेमाको फोन आयो । तपाईंलाई नै एकपटक भेट्छौं भन्ने कुरा भयो । त्यसपछि मैले भेट्न सहमति जनाएँ । मलाई पनि धेरै कुराको कौतुहलता थियो ।

दिलकुमारी बुढा मगर र कृष्ण आयो । मैले सबै कुरा राखेँ । जवाफमा फेरि उस्तै कुरा आयो । बिराटनगरमा हुने कार्यक्रममा लक्ष्मी माता बनाउने नै भनियो । पूजारी हुनुहुन्छ, पूजा हुन्छ भनियो । कक्षा पनि केही लिनुपर्दैन । डकुमन्ट्री जस्तो खिच्छ भनेको थियो ।

त्यो पनि मैले दाइलाई शेयर गरिहालेँ । दाइको प्रहरीसँग कुरा भइरहेको थियो । बेलुका प्रेमाले पैसाको कुरा गरौं भनिन् । मनमा डर छँदै थियो तर, उनीहरुको पूजा के रहेछ भन्ने मनमा परिरह्यो ।

फोनमै सोधेँ, सुरुमा तीन जनाले २० हजार रुपैयाँ भनेका थिए । तर, ५० हजार माथि पनि हुनसक्छ भनेका थिए । त्यतिखेरै मलाई कस्तो कस्तो लागिसकेको थियो । एउटा र्‍याम्प शोमा हाम्रो नर्मल्ली १२ देखि १५ हजार रुपैयाँ मात्रै हो ।

पछि ३० हजारमा गर्ने टुंगो लाग्यो । अर्को दिन भेटर पैसा लिने कुरा भयो । तर, मैले एग्रिमेन्टविना पैसा लिन्न भनेँ । बनाएर ल्याउनुस् भनेपछि हलुकासँगले एउटा भिडियो बनाउँ न पो भने । तपाईंले लिएको एउटा बनाऔं, दिएको पनि एउटा बनाउँ सक्किगो भन्नु अचम्म लाग्दो थियो । त्यसरी हुँदैन गरेपछि राम्ररी गर्ने हो । कागज ल्याउनुस्, त्यसरी हो भने मात्र काम गर्छु भनेपछि पेपर ल्याए अनि मैले हस्ताक्षर गरेँ । त्यसमा पनि कल्चरल कार्यक्रम भनेको छ ।

पैसा पूरै ल्याएका रहेछन् । तर, उसलाई के काम पर्‍यो । मलाई ४ हजार दिनुस्, २६ हजार तपाईं लानुस्, अरु बिराटनगरमै दिउँला भनिन् । मैले हुन्छ भनेँ । यो सबै प्रहरीलाई खबर भइरहेको थियो ।

हामी विमानमा चढेपछि दिलकुमारीले बोकेको कालो धागो मेरो खुट्टामा लगाइदिइन् । तपाईंलाई ५ फन्को बाँध्नुपर्छ, पुजामा चाहिन्छ भनेकी थिइन्
खुट्टामा कालो धागो

कहिल्यै नभएको काम के रहेछ भनेर डर र अचम्म मनमा लागि रहेको थियो । डिल भएको राति प्रेमाका श्रीमान् कृष्ण तामाङको फोन आयो । तपाईं जानुपर्छ भन्यो । उसले भोलि साँझ ४ बजे गरौं भन्यो ।तर, मैले ४ बजे हुँदैन । नेपालको फ्लाइट एकरडेढ घन्टा डिले हुन्छ । पुग्दा होर्दा त्यतिकै समय बित्छ भनेँ । मलाई बिहान फस्ट फ्लाइट नै चाहिन्छ र बेलुका फर्किन्छु भनेँ । तर, उनले बरु सबै जना साँझ गाडीमा जाउँ न, मेरो श्रीमति पनि हुन्छन् भने । मैले स्वीकार्ने कुरै भएन ।जान मन छ भने विहानको फ्लाइट गर्नुस् नत्र जान्न भने । त्यसो भए हुन्छ, म्यासेज गर्छु भन्यो । बिहान फोन गरेर पुनः आजको ४ बजे गर्दिउँ भन्यो । मैले पुरानै अडान दोहोर्‍याएँ । कार्यक्रम ४० देखि ४५ मिनेटको मात्र भनिएको थियो । मलाई फर्किहाल्नु थियो ।उनीहरु चाहिँ जसरी पनि एकरात बस्नु पर्ने तरिकाले गइरहेका थिए । अन्तिममा ७ गतेको १०ः३०को बुद्ध एयरको टिकट मलाई आयो । उड्ने दिन बिहानै कृष्णको फोन आयो । मैले दिलकुमारीलाई सँगै पठाइदिँदैछु भन्यो ।हामी फ्लाइट चढेपछि उनले बोकेको कालो धागो मेरो खुट्टामा लगाइदिइन् । तपाईंलाई ५ फन्को बाँध्नुपर्छ, पुजामा चाहिन्छ भनेकी थिइन् । मैले केही बोलिन । किनभने, सबै प्रहरीलाई पनि खबर भइरहेको थियो ।

बिराटनगर पुगेपछि‘

बिराटनगर विमानस्थलमा ओर्लिएपछि कृष्णलाई फोन गर्दा कोही हामीलाई लिन आएका थिएनन् ।एकछिन पर्खिनु भन्दै थिए । बाहिर बसी रहँदा मलाई कसैले पछ्याइरहेको जस्तो महसुस भइरहेको थियो । मैले कालो चस्मा लगाएकाले त्यतातिर हेरेको उनीहरुले थाहा पाएनन् । तर, म बोल्दा, हिँड्दा, बाथरुम जाँदा पनि नजिक आउने गर्थें । फोनमा बोले जस्तो गर्दै मेरो पिछा गर्थें ।ती हर्कतले मेरो मनमा चिसो पस्यो । आधा घन्टा जति भइसकेको थियो पर्खेको । भोक लागेपछि रेष्टरेन्टमा खाजा खान गयौं । मैले चिकेन चाउमिन मगाउन खोजेँ । तर, उसले हुँदैन नि भेज खाजा खानुपर्छ भनिन् । ४५ मिनेट त्यहीँ बितिसकेको थियो ।

खाजा खाँदा विमानस्थलमा मलाई पछ्याइरहेका व्यक्ति हाम्रो छेउको टेबुलमा बसे । त्यसपछि मलाई एकदम डर लाग्यो र दाइलाई म्यासेज गरेँ । अर्कै भाषामा उनीहरु कुरा गरिरहेका थिए ।मैले कृष्णलाई पटकपटक फोन गरेँ । त्यसै त डिले भएर एक घन्टा ढिलो भएको छ भनेँ । उसले आइहालेँ भन्यो । म बाहिर निस्किएँ । पछाडि टेबुलका मान्छे पनि बाहिरै गएका थिए ।कृष्ण तामाङसँग ह्वाट्स एपमा कुरा भएको थियो मेरो । त्यसमा भएको फोटो हेरेको थिएँ । फोटो देखेरै मैले कृष्णलाई चिनिहालेँ । उसले अगाडि मलाई फलो गरिरहेका दुई जना, जो बाहिर थिए, उनीहरुसँग हात मिलायो । अब मलाई ती मान्छे उसकै रहेछन् भन्ने पक्का भयो । तर, उसले मलाई देखेन ।

ऊ आएको ५ मिनेटपछि उमेश शाहले मारुती भ्यान लिएर आयो । चालक र उमेश अगाडि थिए । म, दिलकुमारी र कृष्ण तामाङ पछाडि बसेका थियौं । उमेशचाहिँ मलाई हेरेर फोनमा बोलिरहेको थियो । अर्कै तरिका र भाषा पनि नबुझ्ने किसिमको थियो ।

कसैलाई मेरै बारेमा उनले भनिरहेको छ जस्तो लाग्थ्यो ।

करिब ४५ मिनेटको हिँडेपछि सानो चिया पसलमा रोकियो । मलाई केही खानै मन थिएन । मैले बाहिरै किनेर जुस खाएँ । मधेशी मूलका मान्छेहरु त्यहाँ देखिन्थे । एकदम झुप्रो जस्तो थियो । उसले तपाईं भित्र बस्नुस् न भन्यो । तर, मैले भित्र जान्न भनेँ । धेरैपटक भित्र जान भनिरहे । सायद केही उद्देश्य थियो होला ।

दिलकुमारीहरुले चिया खाए । बाहिर निस्किएका कृष्ण ३ बजेसम्म आएनन् । अरुलाई सोध्दा पूजाको सामग्री लिन गएको होला भन्थे । ठूलो काम हो, व्यवस्थापन गर्न समय लाग्छ भनेर दिलकुमारीले पनि भनिन् ।

मैले फेरि फोन गर्दा उसले ‘४५ मिनेटको कार्यक्रम त हो’ फर्किहालेँ भन्यो । एकछिनमा कृष्णलाई बाहिर मन्दिर छेउ देखेँ । उमेश पनि त्यतिबेला हामीसँग थिएन । तर, मन्दिर छेउँ छलिएर बसेको रहेछ । कृष्ण उसलाई भेट्न गयो ।

दुवै करिब दुई घण्टाजति मन्दिरभित्रै हराए । हामीलाई धर्मशालामा दुईवटा कोठा बुक गरेको छ, फ्रेस भएर आउनू भनियो । त्यतिबेलासम्म चार बजिसकेको थियो ।

कोठामा फेरि हाइट नाप्ने कुरा आयो । ६ फिट चाहिन्छ, नत्र कार्यक्रम रोकिन्छ भनेको थियो । लगभग साढे ६ बजेतिर मलाई एकदमै असुरक्षित महसुस भयो । सपिङ गर्न पारि जानुपर्छ भन्न थालेका थिए । धेरै नै डर लागेपछि मैले म्यासेज गरिहालेँ । धन्न त्यसको केहीबेरमै सिभिल र ड्रेसमा भएका हतियारसहितको प्रहरी टोलीभित्र छिर्‍यो ।भित्र भएका सबैजना पक्राउ परे । हामी सबैको फोन जफत गरिए । बाहिर गएर चौकीमा पुग्दा मलाई पछ्याउने व्यक्तिहरु पनि समातिइसकेका रहेछन् ।धन्न प्रहरीले मलाई समयमै उद्दार गरेर बचायो । सीमा पुग्याएको भए, सायद म आज फर्केर आउन पनि सक्ने थिइनँ होला ।

साभार :(अनलाइखबरकर्मी गौरव पोखरेलले पीडितसँग गरेको कुराकानी का आधारमा )

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest