बसन्तपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

Sunday, March 18th, 2018

चक्र प्रसाद पोख्रेल,

काठमाण्डौ ः
विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । उपत्यका लगायत मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ । रगतको यो अभाव कम गर्ने उद्देश्यले बज्राचार्य रक्तदान समाजको आयोजनामा नवौ रक्तदान कार्यक्रम काठमाण्डौको बसन्तपुरमा सम्पन्न भएको छ ।
९० जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा केही रक्तदाताको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न सकेनन् भने कूल ७८ जनाले रक्तदान गरेको बज्राचार्य रक्तदान समाजका अध्यक्ष अगममान गुभाजुले बताए ।
२०७१ सालमा अगममान गुभाजु र आनन्दरत्न बज्राचार्यको विशेष पहलमा गठित उक्त समाजले यसरी नै निन्तर रुपमा रक्तदान कार्यक्रम आयोजना गरी देशको रगतको आपूर्ति व्यवस्थामा सघाउने कुरा वृहत रक्तदान कार्यक्रम कि संयोजक मिनर्भा बज्राचार्यले बताइन् ।
स्थापनाकाल देखि हाल सम्म ९००  पिन्ट रगत केन्दीय रक्त संचार सेवालाई उपलब्ध गराएको समाजका सचिव आनन्दरत्न बज्राचार्यले बताए । कमर्शियल रेडियो भए पनि परोपकारी र सेवामूलक कार्यमा रेडियो सिटीको सधैं साथ रहने रेडियो सिटी एफ.एम. कि अध्यक्ष तथा चर्चित कार्यक्रम प्रस्तोता रुपा विमलले बताइन् ।
रेडियो सिटी एफ.एम. ९८.८ को संचार सहकार्य रहेको उक्त वृहत रक्तदान कार्यक्रमको बारेमा रेडियो सिटी एफ.एम. ९८.८ मार्फत व्यापक प्रचार प्रसार गरिएको रेडियो सिटीका कार्यक्रम संचालक हरिराम पौडेलले बताए । रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest