बहुमत विरुद्ध ‘कुमारी आमा’ को विद्रोह

Thursday, June 28th, 2018

 

अरबमा मुस्लिम महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ । उनीहरूलाई त परिवारको ‘सम्मान’ तथा संरक्षकको श्रोतको रूपमा हेरिनुपर्ने हो । तर अपमानको सम्भावित स्रोतहरूको रुपमा पो व्यवहार गरिन्छ । कानुनहरू समानताको पक्षमा क्रमशः परिवर्तन हुँदैछन् । यद्यपि महिलाहरूको सामाजिक, आर्थिक र राजनैतिक स्थिति भने धेरै अरब देशहरूमा मुस्किलले सुधार भएको पाईन्छ ।

लगभग पन्ध्र वर्ष पहिले म गर्भवती भएँ र मैले चुपचाप बच्चा जन्माउने निर्णय गरें । मैले मेरो देशको सामाजिक मूल्य मान्यतालाई चुनौती दिएँ । इजिप्ट जस्तो देशमा अनौपचारिक ‘उर्फि विवाह’ ९एक पारम्परिक सुन्नी मुस्लिम वैवाहिक सम्बन्ध हो जहाँ जोडीले ‘हामी विवाहित भयौ’ भन्ने शब्दहरू दोहो¥याएर प्रतिबद्धता गरेका हुन्छन् । एक अभिभावक र साक्षी चाहिन्छ तर राज्य प्रशासनमा आधिकारिक रूपमा दर्ता गरिएको हुँदैन० को मतलब म र मेरो परिवारको लागि कलंक थियो । किनकी यस्तो विवाहको कुनै आधिकारिक सम्झौता हुँदैन । प्राय यसलाई गोप्य राखिन्छ ।इजिप्टीयन कानुन अनुसार कुनै पनि आधिकारिक विवाह सम्झौता बिना एक पिताले मात्र बच्चाको जन्म दर्ता गराउन सक्छ । फलस्वरुप दशौं हजार बालबाालिकाहरू कानुनी रुपमा अस्तित्वहीन छन् । तिनीहरूलाई जन्म दर्ता, प्रमाणपत्र तथा पासपोर्ट उपलब्ध गर्न दिईदैन । खोप प्राप्त गर्न, स्कुलमा भर्ना हुन र विहे समेत गर्न पाउदैनन् ।

इजिप्टमा मेरो परिस्थितिमा गुज्रेका कुनै अविवाहित माथिल्लो वर्गकी केटीको लागि खासमा तीन चरणको समाधानका उपाय हुन सक्छन् । पहिलो गर्भपतन, दोस्रो यौनाङ्गको झिल्लीको अप्रेसन र त्यसपछि पहिलेको बेखबर प्रेमीसँग विवाह । जुन परिवारले गराइदिन सक्छ । तर गरिव महिलाहरूको यी विकल्पहरूमा पहुँच हुँदैन र मृत्युको सामना गर्नुपर्ने हुन्छ । परिवारको प्रतिष्ठा जोगाउन र लाज समाप्त गर्न र परिवारको ‘सम्मान’ कायमै राख्न परिवारका पुरुष सदस्यद्वारा मारिन्छन् । मेरो लागि कुमारी विवाह एक जोखिमयुक्त खेल थियो । मैले उक्त खेल खेले । नसोचेको गरेँ र बच्चालाई जन्म दिने निर्णय गरेँ ।

मेरो बच्चाको बुबाले आफ्नो पितृत्वलाई स्वीकार गर्न इन्कार गरे । मैले राष्ट्रलाई निन्दा गर्दै मेरो मामलालाई सार्वजनिक गर्ने साहस देखाए । र जब महिलावादी र शिक्षित अभिजात वर्गहरूको एक सानो समूहले मेरो मामलालाई समर्थन ग¥यो, त्यसैबेला देशको विशाल बहुमत यसको विरुद्ध थियो । पहिलो पटक हारेपछि मैले पुनरावेदन गरेँ । न्यायाधीशले मेरो पक्षमा फैसला सुनाए । बच्चाको पितालाई र हामी दुवैसँगको सम्बन्ध र लिनासँगको पितृत्वको सम्बन्ध कायम गर्न आदेश दिए । त्यतिबेला लिना १९ महिनाकी थिइन् । कानुन परिवर्तन गर्न मेरो मामला र मेरा पछिल्ला प्रयासहरूले काम ग¥यो । वास्तवमा यसले हजारौँ इजिप्टियन आमाहरूलाई आफ्नै छोराछोरीको अधिकारको लागि लड्न प्रेरणा दिन्छ । इजिप्टको अदालतले पितृत्व परीक्षणका लागि डीएनए परीक्षण समावेश गर्न कोशिस गर्यो ।

मलाई आशा थियो कि, यसले एक नारी द्वेषी र पितृसत्तात्मक समाजमा सधैं भइरहेका कुरामा एक वास्तविक बद्लावको नेतृत्व गर्नेछ । वास्तवमा थोरै परिवर्तन भएको छ । एक दशकको लागि, मेरो स्नातकोत्तर अध्ययन, अनुसन्धान र निरन्तर सक्रियताको क्रममा मैले सयौं महिलाहरूसँग कुरा गरेको छु, उनीहरूको दैनिक संघर्षको कुरा सुनेको छु । महशुस गरेको छु कि कानुनी समानताको पक्षमा कानुनमा परिवर्तन भए पनि धेरै अरब देशहरूमा महिलाहरूको सामाजिक, आर्थिक र राजनैतिक स्थितिमा विरलै सुधार भएकोे छ ।

साउदी अरेबियामा महिलाहरूले सन् २०१५ मा मात्र पहिलोपटक मतदान गर्न अनुमति पाएका थिए । अहिलेसम्म लगभग १ लाख ३० हजार महिलाहरूले १० लाख ३५ हजार पुरुषको तुलनामा मतदान गर्न नाम दर्ता गरे । यो वर्ष पहिलोपटक तिनीहरूलाई सवारी चलाउन अनुमति दिइयो । तर म कुनै पनि बेला यो सामान्य अवस्था भएको हेर्न आश्चर्यचकित हुनेछु । कानुन परिवर्तन भए सबै ठीक र राम्रो छ । तर महिलामाथिको दमन र उत्पीडनले संस्कारजन्य कुरामा गहिरोसँग जरा गाडेर बसेको छ । जसले धेरै ठूलो प्रभाव परेको छ ।

साउदी अरब र अधिकांश अरबका मुस्लिम देशहरूमा तीसको दशककी एक एकल महिलालाई ‘बुढी कन्या’को रुपमा चिनिन्छ । महिलाको यौन उत्पीडनमा अझै पनि उनको गल्ती मानिन्छ । विवाह पूर्वको यौन सम्बन्ध युवा पुरुषहरूको लागि ठीक छ तर कुनै पनि केटीको यौन गतिविधिमा संलग्नताले पारिवारिक सम्मान गुम्दछ । एउटा केटीले आफ्ना दाजुभाइहरूका लागि खाना पकाउने, सफा गर्ने, कपडा धुने गर्नु पर्छ जतिबेला तिनीहरू फुटबल म्याच हरेर बस्छन् । एक पुरुषलाई एक शब्दमा एक महिलालाई तलाक दिने (सम्बन्ध बिच्छेदको) अधिकार छ, ‘तिम्रो र मेरो छोडपत्र भयो’ जबकि महिलाहरूको यसमा कुनै पनि अधिकार छैन । यस्तै विभेदका फेहरिस्तहरू धेरै छन् ।

ईस्लाम र महिलावाद शताब्दीको शुरुवात देखिनै स्थिर रहेको छ । र हामी अब यस तथ्यलाई बेवास्ता गर्न सक्दैनौं । मेरो जस्तै उदार धर्मनिरपेक्ष अवस्था र कट्टरपन्थीहरूले हामीलाई दवाउन गरेको प्रयासका बीच प्रायः मुस्लिम महिलाहरूको आवाजहरूलाई बेवास्ता गरिएको छ । विभिन्न धर्महरूमा धेरै जसो यौनवादी मानसिकताहरू संस्कृति र परम्पराको हावी हुन्छ । तर धार्मिक कानुनको आधारमा कट्टरपन्थी इस्लामसँगको बढ्दो टकरावले मुस्लिम महिलाहरूलाई सुधारको माग गर्न अधिक मुस्किल बनिरहेको छ ।

महिला अधिकारप्रतिको नकारात्मक धारणाले कुनै प्रगति गर्न सकिँदैन । महिला अधिकारको लागि गरिने आव्हानले आफै केहि हासिल हुँदैन । खासमा त मनोवृत्तिको परिवर्तन आवश्यक छ । सार्वजनिक सोचमा एक आमुल परिवर्तनको जरुरी छ ।महिलाहरूले अधिकारका लगि बोल्न आवश्यक छ । जब हामीले बोल्ने आवश्यकता बुझ्छौ, हाम्रो अधिकारको लागि लड्छौ र यथास्थितिलाई स्वीकार गर्न रोक्छौ, अनि मात्र हामी वास्तविक परिवर्तन देख्न सक्छौं । जबसम्म हामी परम्परा र आधारभूततालाई स्वीकार गर्छौ र यसलाई हाम्रो भाग्यको हिसाब गर्न अनुमति दिन्छौ । म जस्तै महिलाहरूको लागि स्थिति खराब भइरहनेछ, चाहे कानुनले जे सुके भनोस् । महिला खबरबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest