बहु प्रतिभाका धनि प्रिन्स

Sunday, May 13th, 2018

 

 

 प्रिन्स प्रसिद सिङ् थापा

वि.सं २०६८ मा जन्मिएका बहु प्रतिभाका धनि प्रिन्स प्रसिद सिङ् थापा पछिल्लो समय विभिन्नकार्यक्रममा व्यास्त देखिन्छन् । सानो उमेरमा नै अनुसाशनमा रहेर काम गर्ने प्रिन्स इनोभेसन इभेन्ट म्यानेजमेन्टको आयोजनामा लिटल स्टार २०१८ को प्रतिस्पर्धामा वेस्ट डिसिपिलिन र मस्ट फेसन आइकन २०१८को समेत अवार्ड पाइसकेका छन् ।

साथै केहि महिना अगाडी मात्र टि.एस फिल्मको आयोजनामा प्रतिस्पर्धी ४७ बालबालिकाहरु लाई पछाडि पार्दै ट्यालेन्ट राउन्डको वेस्ट डान्सर एयर र मस्ट फेसन आइकन २०१८ बाट पनि सम्मानित भएका छन । ७ बर्षिय प्रिन्स प्रसिद सिङ थापाले बिना प्रशिक्षण माइकल ज्याक्सनको नृत्य जस्ताको तस्तै प्रस्तुत गरेर सबै लाई चकित पारेका छन् । उनलाई नेपाली, हिन्दी, अङ्ग्रेजी लगायत सबै खालका गीतमा नृत्य गर्न आउछ । प्रिन्स नृत्यमामात्रै नभएर एङकरिङ र अभिनयमा पनि पोख्त छन् । प्रिन्सले केहि म्यूजिक भिडियोमा पनि अभिनय गरी दर्शकको मन जिती सकेका छन् । दर्जनौ फेसन सोहरुमा रयाम्प वाक गरिसकेका छन भने केहि बिज्ञापनहरुमा पनि अभिनय गरिसकेका छन । यतीहुँदाहुँदै पनि पढाईमा अब्बल ७ वर्षिय बालक प्रिन्स प्रसाद सिंह थापा युरोपमा हुनगइरहेको इन्टरनेशनल व्युटी प्याजेन्टको किड्स मेल क्याटागोरीमा पनि छनोटमा परेका छन ।  अभिनय, नृत्य र उदघोषणमा प्रिन्सको मुख्य सोख हो भने पढाइ सङ्सङ्गै रास्ट्रीय तथा अन्तरास्ट्रीय स्तरको किड्स ब्युटी प्याजेन्टमा पनि सहभागीता जनाउने साथै अभिनयलाई निरन्तरता दिने नै मेरो मुख्य सोख हो भन्छन् प्रिन्स ।
प्रस्तुति ःचक्र प्रसाद पोख्रेल

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest