बागमती सफाइ अभियान ३०० हप्तामा, सबैलाई सहभागी हुन शहरी विकास मन्त्रीको आग्रह

Thursday, February 7th, 2019

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ः२०७० सालदेखि सुरु गरिएको बागमती सफाइ अभियानको ३ सय हप्तामा १८ हजार मेट्रिक टन फोहोर उठाइएको छ । बागमती सफाइ महाअभियानको ३ सय हप्ताको विशेष अवसरमा शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले ३ सय हप्तासम्म सरसफाइ अभियानमा सहभागी संघसंस्था, स्वयंसेवक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई धन्यवाद दिँदै माघ २६ गते बिहानको कार्यक्रममा सहभागी हुन आग्रह गरे । यस्तै सङघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले ७५३ स्थानीय तहमा विशेष सफाइ अभियान पनि सञ्चालन गर्ने भएको छ ।२०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ अभियान सुरु भएको थियो ।
अभियानमा १८५० संघसंस्था र करिब १० लाख स्वयंसेवक सहभागी भएको जानकारी दिइयो ।३ सय हप्ता पुगेको अवसरमा माघ २६ गते बिहान साढे ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितमा शंखमुलमा विशेष कार्यक्रम गरिने भएको छ । कार्यक्रममा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव आशिष घिमिरेले २०५१ सालदेखि हालसम्म बागमती सफाइका लागि ७ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिए । शनिबार हुने बागमती सफाइमा भने स्वयंसेवक सहभागी हुने भएकोले सो अभियानका लागि भने खर्च नभएको बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest