बाबुले गरे आफ्नै छोरीलाई बलात्कार

Thursday, April 19th, 2018

रघुनाथ पुजारा
कञ्चनपुर : केहि समय अघि मात्र आफ्नै दाइबाट बलात्कार भएको एउता घटना सार्वजनिक भएको थियो । त्यस्तै
घटना पुन कञ्चनपुरमा दोहोरिएको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकमा एक किशोरी बाबुबाटै बलात्कारमा परेकी छन् । मंगलबार दिउँसो घरमा कोहि नभएको बेला आफ्नै कोठामा सुतिरहेकी १४ वर्षीया किशोरीलाई उनकै बाबुले वलात्कार गरेको प्रहरीले जनाएको छ ।
दिउँसोको बेला घरको माथिल्लो तलामा सुतिरहेकी छोरीलाई जबर्जस्ती गरिएको प्रहरीले जनाएको छ। आमा घरमा नभएको बेलामा बाबुले नै बलात्कार गरेको भन्दै किशोरी आफै प्रहरीकहाँ पुगेपछि उक्त घट्ना बाहिर आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बताए। उनका अनुसार किशोरीले नै आफ्ना बाबुको नाममा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेकोछ।
बलात्कृत भएपछि किशोरी आफै प्रहरीकहाँ पुगेर रुन थालेपछि आरोपितलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साउदले बताए। ‘जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको छ’ साउदले भने, ‘बुधबार मुद्दा दर्तासंगै वालिकाको मेडिकल गरिएको छ।’ उनका अनुसार अहिले वालिकालाई झलारीस्थित सामुदायिक सेवा केन्द्रको सेफहाउसमा राखिएको छ। किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest