बालकको अपहरणपछि हत्या, एक जना पक्राउ

Thursday, November 29th, 2018

काठमाडौं :– काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ ।बालक कुँवरको शव म्हेपीमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन ।स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाटै मंगलबार साँझदेखि बेपत्ता भएका कुँवरको खोजीमा प्रहरी जुटेको भए पनि कुँवरलाई सकुसल फेला पार्न नसकिएको हो ।
परिवारले बालकको खोजतलासका लागि महानगरीय प्रहरी प्रभाग गोंगबुमा निवेदन दिएका थिए । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए ।महानगरीय अपराध महाशाखाका प्रमुख सिंहका अनुसार फेला परेको शवलाई पोष्टमार्टमका लागि लगिएको छ ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् । सार्की होटल सञ्चालक प्रविण कुँवरका सवारी चालक हुन् । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको महाशाखा प्रमुख सिंहले बताएका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest