बालिकाको सामुहिक बलात्कार पछि जीउँदै जलाएको खुलासा

Tuesday, February 19th, 2019

 


धनुषाः गत बुधबार गाउँमै बिहेभोज खान गएकी एक किशोरी मृत अवस्थामा भेटिएकी थिइन्् । उनी बोल्न सक्दिन थिइन्् । उनको आधा शरीर जलेको अवस्थामा शव दोस्रो दिन फेला परेको थियो ।
अनुसन्धानका क्रममा उनीमाथि सामूहिक बलात्कार भएको र त्यसपछि हत्या भएको पुष्टि भएको छ । जिल्लाको मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीय छोरी दुतिया रैसेलीको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।
शंकास्पद मृत्यु भएको भेटिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार पछि जिउँदै जलाइएको पाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा अहिले केही व्यक्ति पक्राउ परिसकेको तर उनीहरुलाई सार्वजनिक गरिएको छैन । अनुसन्धान पुरा भएपछि १र२ दिन भित्रमानै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest