बाल्ट्राको एयर कन्डिस्नर अब नेपाली बजारमा

Wednesday, July 25th, 2018

अनुराधा तिमिल्सिना

काठमाण्डौ ःगर्मीको मौसममा चिसो र जाडो महिना तातो हामी सबैको आवश्यक्ता हो र यही कुरालाई मध्यनजर गर्दै नेपालको चिरपरिचित बाल्ट्रा होम एप्लाइन्सेस्ले कम बिजुली खपत गर्ने बाल्ट्राको एयर कन्डिस्नरलाई नेपाली बजारमा भित्राएको छ ।
नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी उत्पादन गरिएको यस बाल्ट्रा एसीमा विभिन्न र पृथक विशेषताहरु रहेकाछन् । सफ्ट एलईडी, ब्लू फिन कन्डेनसर, क्रस फ्लो फ्यान, दुई तर्फी ड्रेन कनेक्टर, कपर पाईप,सेटिङ्ग र कम आवाज गर्ने क्षमता जस्ता प्रमुख विशेषताहरु यस एयर कन्डिस्नरमा रहेकाछन् । ०.७५, १, १.५ र २ टनमा उपलब्ध यस बाल्ट्रा एसीका सम्पूर्ण मोडलहरुको कम्प्रेस्नरमा ५ वर्षको वारेण्टी रहेको छ । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest