बाल दूराचार अन्त्यको लागी कडा कानून

Sunday, September 15th, 2019


बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरुलाई सानैदेखि राम्रो र असल मान्छे बनाउने जिम्मेवारी अभिभावकहरुको हातमा हुन्छ । त्यसैले सर्वप्रथम आफ्ना बच्चाहरुलाई राम्रो र असल व्यवहार सिकाउनुको साथै आत्मनिर्भर बनाउनु पर्छ । कस्ता व्यवहार गलत हुन् र कस्ता व्यवहार ठीक हुन् भन्ने कुरा आमाबुबाले घरदेखि नै सिकाएर परिपक्क बनाउनु पर्छ । बच्चाहरु परिपक्क भइसकेपछि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने उनीहरुलाई थाहा हुन्छ । साथै, उनीहरु दुव्र्यवहारबाट सजग पनि हुन्छन् । अभिभावकले दुव्र्यवहार सहनु हुँदैन भन्ने कुरा पनि आफ्ना बालबच्चालाई सिकाउनु पर्छ । विभिन्न प्रलोभनमा परेर वा डर, धम्कीलाई क्षणिक मनन गरे पनि दुव्र्यवहार भएको कुरा मनले खाएको व्यक्तिलाई भन्न वा सुनाउन सक्ने किसिमको आत्मनिर्भर मनस्थितिको विकास अभिभावकहरुबाटै बच्चालाई सिकाइनु पर्छ । आत्मनिर्भर बालबच्चा प्रायः दुव्र्यवहारबाट केहि हदसम्म बच्न सक्छन् ।
बालबालिकालाई स्कुलदेखि नै अन्याय र दुव्र्यवहार सहन हुँदैन भन्ने कुरा सिकाउनु पर्छ । हामीले स्कुलमा पनि बालबालिकामाथि भएको दुव्र्यवहार सुनिराखेकै छौं । कतिपय ठाउँमा स्कुलकै शिक्षकहरुबाट दुव्र्यवहार भएका घटनाहरु पनि बाहिर आएकै छन् । कतिपय शिक्षकहरुले विद्यार्थीहरुको गाला चिमोट्ने, धाप मार्ने, ढाड सुम्सुम्याउने काम गर्छन् । त्यो पनि एक किसिमको दुव्र्यवहार नै हो । शिक्षकबाटै हुने यस्ता किसिमका क्रियाकलाप पनि बन्द गरिनु पर्छ । कानूनतः पनि यस्तो व्यवहार दण्डनीय हुन् ।
ज्ञान, संस्कार र अनुशासन हासिल गर्ने ठाउँबाटै पनि हाम्रा बालबच्चाहरुमाथि हुने दुव्र्यवहार रोक्न स्कुलमा वा कुनै सार्वजनिकस् थलमा गुनासो पेटिका राखिनु पर्छ । आँफूप्रति भएको दुव्र्यवहार सरकार वा सम्बन्धित निकायसम्म पुर्याउनको लागि गुनासो बक्सको व्यवस्था गरिदिनु पर्छ । बालबालिकाले सजिलैसँग उक्त बक्समा आँफूले भोगेका दुव्र्यवहारका घटना खुलाइएको पत्र खसाल्न सकुन् । जसको निरीक्षण स्वयं स्कुल नभएर कुनै गैर सरकारी संस्था वा राज्य हुनुपर्छ । पिडितले गुनासो गरेको थाहै नदिई पीडकलाई कारवाही हुनुपर्छ, जसले गर्दा पिडित बच्चा डरलगायतका मानसिक चिन्ताबाट मुक्त हुन्छन् । पत्रमार्फत सम्बन्धित निकायले कडाभन्दा कडा कारवाही पीडकलाई गर्ने व्यवस्था गरेमा पनि दुव्र्यवहार रोक्न सकिन्छ ।
त्यसैगरी, दुव्र्यवहार गर्ने पीडकलाई कारवाही गर्न सरकारले कडाभन्दा कडा ऐन कानुन बनाउनु पर्छ, जुन एकदमै जरुरी छ । अहिले हाम्रो मुलुकमा बालबच्चामाथि दुव्र्यवहार गर्न डराउने किसिमको कानुन ल्याउन अति आवश्यक छ, जसले गर्दा पनि बालबालिकामाथिको दुव्र्यवहार कम हुन्छ । अवोध बालबालिकाप्रति हुने दुव्र्यवहार कम गर्न राज्यतर्फबाटै कडा कारवाहीको पहल भएमा दुव्र्यवहार स्वत न्यूनिकरण हुन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest