बाल संगठनको कार्यसमिति विघटन, विद्या उपाध्याय न्यौपाने नयाँ अध्यक्षमा

Saturday, August 1st, 2020

सरकारले नेपाल बाल संगठनको वर्तमान कार्यसमिति विघटन गरेर विद्या उपाध्याय न्यौपानेलाई अध्यक्ष नियुक्त गरेको छ ।
इस अघि रिता सिंह (वैद्य) झण्डै तीन दशकदेखि संगठनको अध्यक्ष रहेकाी थिइन् । उनको नेतृत्वको कार्यसमितिमाथि पारदर्शिताको प्रश्न उठाउँदै मन्त्रिपरिषद्ले विघटनको निर्णय गरेको हो ।
बालसंगठनको काम र समग्र अवस्थाबारे अध्ययन, अनुगमन गर्न सरकारले पूर्व न्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले दिएको सुझाव अनुसार कार्यसमिति विघटन गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
गुरुङले बालसंगठन अहिलेसम्म निरकुंश शैलीमा चल्दै आएको थियो भन्दै अब लोकतान्त्रिक विधि र पद्दति अनुसार चल्ने बताए । बालसंगठन अनाथ बालबालबालिकालाई आश्रय दिएर शिक्षाको समेत व्यवस्था गर्ने गरी गठन भएको भएता पनि आफ्नै विधान विपरित काम गर्ने गरेको आरोप लाग्दै आएको थियो ।


राष्ट्रिय निर्देशक ऐन, २०१८ अनुसार गठन भएको यो संस्थाको संरक्षक तत्कालीन मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह रहँदा सरकारले सबै जिल्लामा सरकारी जग्गा र भवन दिएको थियो । अहिले विभिन्न व्यक्तिले त्यसको फाइदा उठाइरहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
देशका सबै जिल्लामा जग्गा तथा भौतिक सम्पत्ति भए पनि अनियमितता र दुरुपयोग हुने गरेको प्रतिवेदनले देखाएको छ । बालसंगठनको केन्द्रीय नेतृत्व निरकुंश शैलीको भएको, अनाथ बालबालिकालाई धर्मपुत्ररपुत्रीको नाममा विदेशमा बेच्ने गरेको घटना समेत सार्वजनिक भएका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest