बिश्वप्रख्यात नाटककारहरुद्धारा सर्वनाममा वर्कसप दिइने

Thursday, March 29th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःसर्वनाम थिएटरको आयोजनामा यहि चैत्र १८ गते देखी २२ गते सम्म थिएटर वर्कसप हुने भएको छ । नाटकका बारेमा सम्पूर्ण जानकारी दिने उद्देश्यका साथ सञ्चालन हुने यस वर्कसपमा भागलिने व्याक्तीलाई विश्वभरका प्रख्यात नाटककारहरु नेदरल्याण्डका अरि पिटर, लण्डनका माइकल उड उड, स्कटल्याण्डका अलन लिडार्ड, हङकङका नाटककार मोक च्यू, भारतका नाटककार शुवोध पटकनायक, पेरिसका नाटककार माक्सिम स्कार्ड
, बङगलादेशका नाटककार शमिमा शाकेट लगायत धेरै देशका नाटककारहरुले यस वर्कशपमा नाटक सिकाउने र नाटकका बारेमा नयाँ नयाँ कुराहरु जानकारी दिने छन् । सर्वनाम थिएटरले यदि यस वर्कसपमा भागलिन चाहने कोहि इच्छुक व्याक्तीहरु भए जम्मा रु ३००० हजार फारम शुल्क तोकेको छ । उक्त वर्कसपमा माथि उल्लेख गरिएका विभिन्न देशका नाटककारहरुले लगातार ५ दिनसम्म विहान ८ वजे देखी ११ बजेसम्मकरिब ३ घण्टा प्रशिक्षण दिनेछन् साथै यस वर्कसपमा भागलिने सहभागिहरुलाई अन्तीममा प्रमाणपत्र समेत दिइने समेत आयोजकले जनाएको छ । नाटकलाई आफ्नो करियर बनाउन चाहनेहरुको लागि यो एकदमै सुवर्ण अवसर भएको पनि आयोजकको दाबि रहेको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest