बिहे भएको महिना दिन नपुग्दै किशोरीद्वारा आत्महत्या

Thursday, May 10th, 2018

खेमराज जैसी
दाङ, वैशाख २७
पछील्लो समय आत्महत्याका घटना दिनप्रतिदिन बढदै गइरहेका छन ।बुभवारमात्र दाङमा एक जना किशोरीले बिहे भएको महिना दिन नपुग्दै आत्महत्या गरेकी छन्।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुँइया निवासी २० वर्षीय खुमानन्द वलीकी पत्नी १८ वर्षीया सदीक्षा वलीले बुधबार घरभित्रै पासो लगाएर आत्महत्या गरेकी हुन्।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार उनीहरूको विवाह वैशाख महिनामै भएको थियो।
‘विवाह भएको १५ दिनभित्रै सदीक्षाले आत्महत्या गरेको खुल्न आएको छ,’ डिएसपी सापकोटाले भने।केही समय अगाडि मात्रै सामाजिक सञ्जाल र फोन सम्पर्कमार्फत् चिनजान भएपछि उनीहरूले भागी विवाह गरेका थिए। सल्यानको शारदा नगरपालिका माइती भएकी सदीक्षाको आत्महत्याको कारण पत्ता लगाउन अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ।डिएसपी सापकोटाले सदीक्षा घरभित्रै ढोका थुनेर झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जानकारी दिए।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest