बुटवलमा लकडाउन उल्लङ्घन गरी मर्निङ वाकमा निस्केका  ५० जनालाई सजाय ,सडकमै ‘पुसअप’

Thursday, April 16th, 2020

चक्र प्रसाद पोख्रेल

बुटवलः सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ ।उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारबाहीमा परेका हुन् । उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं। ३८ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए ।सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उनले बताए ।‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उनले भने । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest