बुढेसकालले छोए पनि अत्यन्तै हट र ग्लामरस देखिने बलिउडका १० अभिनेत्रीहरु

Friday, April 20th, 2018

१ लारा दत्ता
लाराले हालै आफ्नो ४० औँ जन्मदिन मनाएकी छिन् । ४० वर्षीय लारा अहिले पनि निकै फिट र सुन्दर देखिन्छिन । सन् २००० मा लारा मिस युनिभर्स बनिसकेकी छिन् ।सुरुवाती दिनमा लाराको अफेयर्सको खबरले उनको करियर प्रभावित भएको थियो ।केली दोरजी देखि डीनो मोरिया सम्म र टाइगर वुड्स देखि महेश भूपतिसम्म लाराको नाम जोडिएको थियो । उनको प्रेम जीवन सधैं जसो विवादमा पर्दै आएको छ ।
२ अमीषा पटेल
अमीषा ४१ वर्षको उमेरमा पनि सबैलाई हटनेसमा मात दिन्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो हट तस्वीर शेयर गरिरहन्छिन । हट तस्वीरको कारण उनी धेरै पटक ट्रोलको शिकार भएकी छिन्, तर पनि त्यसले उनलाई कुनै फरक पारेका देखिदैन ।
३ विद्या बालन
विद्या बालन बलिउडकी बोल्ड अभिनेत्रीहरु मध्ये एक हुन् । उनी उमेरले ३९ वर्षमा लागिन्, तर आज पनि उनलाई निकै हट देखिन्छ । धेरै फिल्महरुमा काम गरिसकेकी विद्याको लुक देखेर उनको उमेर अन्दाज गर्न मुस्किल हुनेछ ।
६३ वर्षीय अभिनेत्री रेखा अहिले पनि निकै सुन्दर र ग्लामरस देखिन्छिन, उनलाई हेर्ने हो भने उमेर अनुमान गर्न हम्मे(हम्मे पर्नेछ ।

४. सुष्मिता सेन
सुष्मिता सेनको जन्म १९ नोभेम्बर सन् १९७५ मा भएको थियो ।४२ वर्षीय सुष्मिता १८ वर्षको उमेरमा नि चर्चामा आएकी थिईन जब उनले सन् १९९४ मा मिस युनिभर्समा छनोट भएकी थिईन ।उनी पहिलो भारतीय सुन्दरी हुन् जसले यति ठुलो उपाधि पाइन् ।सुष्मिताले दुई छोरीलाई आफ्नो धर्मपुत्री बनाएकी छिन् । उनी अहिले पनि उत्ति नै आकर्षक छिन्।

५. शिल्पा शेट्टी
मेंगलुरु, कर्नाटकमा जन्मिएकी शिल्पा शेट्टी अहिले केवल अभिनेत्रीको रुपमा मात्र नभई एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छिन । उनले आफ्नो जिन्दगीको ४२ वर्ष पूरा गरिसकेकी छिन् । शिल्पा आज जत्ति ग्लामरस देखिन्छिन त्यत्ति त त्यस बेलामा देखिदैनथ्यो जब उनले फिल्मी दुनियाँमा आफ्नो डेब्यु गरेकी थिईन ।

६. ऐश्वर्या राय बच्चन
सन् १९९४ मा मिस वर्ल्डको ताज पहिरन गर्न सफल ऐश्वर्या ४४ वर्षकी भईसकेकी छिन् ।तर उनको सुन्दरतामा आज पनि कुनै कमी आएको छैन।
७. मलाइका अरोडा
४४ वर्षकी मलाइका धेरै अभिनेत्रीहरुलाई मात दिन्छिन । यस उमेरमा पनि मलाइका अत्यन्तै हट छिन् । उनी जिम जान कहिल्यै पनि भुल्दिनन् । उनी अक्सर जिमको बाहिर स्पोट हुन्छिन् ।सायद उनको फिटको राज यो नै हुन् सक्छ ।
करिश्मा कपूर
करिश्मा कपूरले सन् १९९१ मा फिल्म ‘प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी थिईन ।करिश्मा कपूर खानदानकी पहिलोछोरी थिईन जसले आफ्नो डेब्यु फिल्ममा नै स्विमसुट लगाएर निकै बोल्ड रुपमा पेशभएकी थिईन ।उनी ४३ वर्ष भईसकेकी छिन तर उनको सुन्दरता अहिले पनि कायमै छ ।
९ उर्मिला मारतोन्डर
उर्मिला लामो समय सम्म फिल्म उद्योगबाट टाढा बसेकी थिईन । तर हालै उनी फिल्म ‘ब्लाकमेल’ मा आइटम गीतमा देखिएकी थिईन, जसमा उनी अत्यन्तै हट अवतारमा देखा परेकी थिईन ।४४ वर्षको उमेरमा पनि उर्मिला अत्यन्तै बोल्ड छिन् ।
१०. माधुरी दीक्षित
आफ्नो अभिनय र नृत्य कौशलले दर्शकको दिलमा आफ्नो खास स्थान बनाउन सफल माधुरी दीक्षित ५० वर्षमा लागिसकेकी छिन् ।तर उनको मुस्कानले अहिले पनि मानिसहरुलाई घायल हुन्छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest