बुहारी बलात्कार गर्न खोजेको आरोपमा कानुन व्यावसायी पक्राउ

Friday, May 25th, 2018

पर्सा – बुहारीलाई बलात्कार गर्न खोजेको आरोपमा कानुन व्यावसायी शेष मन्सुर बाबु पक्राउ परेका छन् । मन्सुर बाबुले गत मंसिर १८ गते झड्केलो छोराकै बुहारीलाई जबर्जस्ती करणी गर्न खोजेका थिए ।उनी विरुद्ध मुद्दा दर्ता भएपछि फरार भएका थिए । ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा उनीविरुद्ध मुद्दा भएको थियो । मन्सुर बाबु सांसद् शेख चाँद ताराका श्रीमान् हुन ।पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई पक्राउ गरिएको जानकारी गराएका छन् । आरोपित शेषलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest