बेहुलीको बदलिदो पहिरन

Monday, December 10th, 2018

मनिता थापा

द क्रियशन एन इन्स्टीच्यूट अफ फेसन डिजाइन
बेहुली भन्नेबित्तिकै राम्रो आकृति हाम्रो अगाडि आउँछ, अर्थात कसरी राम्री देखाउने भन्ने सबैमा कौतूहलता हुन्छ । समय परिवर्तनसँगै बेहुलीलाई राम्रो मेकअपले मात्र देखाउँदैन । राम्री बेहुलीका लागि पहिरनको पनि महत्वपूर्ण भूमिका हुन्छ । अहिले बेहुलीको लागि डिजाइनरले डिजाइन गरेको कपडा नै चाहिन्छ र हरेक बेहुलीका लागि आफूलाई राम्रो कसरी देखिने भनेर नम्बर वान डिजाइजनर रोजाईमा छान्न र रोजाईमा पार्न थालेका छन् । हरेक मानिसलाई कपडाले थप आकर्षक बनाउन सहयोग त गर्छ नै त्यसमध्ये पनि बेहुलीलाई त यसको महत्व हुने नै भयो । मेकअप पछि हामी डिजाइनरले बेहुलीका लागि कस्तो ड्रेस सुहाउँदो हुन्छ, हुनेवाला बेहुलीको स्किन कलर कस्तो छ र बडीको साइज कस्तो छ हेरेर लुगाको डिजाइन र कलर रोज्ने गर्छौं ।
अहिले बेहुलीका लागि भनेर इम्ब्रोइडरी गरेको हेभी ब्लाउज र सारीमा पनि हेभी इम्ब्रोइडरी गरिएको र त्यसैअनुसारको घुम्टी पनि डिजाइनमा आएको छ । पछिल्लो समयमा सारीमात्र नभएर बेहुलीका लागि लेहेंङगा चोली त्यस्तै, इम्ब्रोइडरी गरिएको गाउन, जस्तै पोते चुरीको बढी नै इम्ब्रोइडरी गरिएको गाउन पनि बेहुलीका लागि धेरै राम्रो देखिन्छ । त्यस्तै बेहुलीका लागि हाम्रो नेपालमा कलर रातो नै हुनुपर्छ भन्ने जुन प्रचलन थियो, अहिले हराउँदै गएको छ । पछिल्ला केही समयदेखि बेहुलीका लागि शुभ मानिने रातो कलरमा पनि मिक्स गरेर गोल्डेन, गोल्डेन ओरेन्ज, पिन्क कलर मिसाएर कपडालाई फरक किसिमले तयार पारिन्छ । अहिले फेसन ट्रेन्डमा कन्ट्रास्ट कलर नै बढी उपयोग भइरहेको छ ।
बेहुलीका लागि हामीले कपडा तयार पार्दा धेरै कुरामा ध्यान दिनुपर्छ । राम्रोमात्र देखाउनेभन्दा पनि बेहुलीलाई कपडा लगाउँदा सजिलो र राम्रो देखिनुपर्छ । कुन पार्टीका लागि कस्तो कपडा बनाउने भनेर ध्यान पु¥याउनुपर्छ । यदि बेहुलीको रिसेप्सन पार्टी छ भने त्यस दिन बेहुलीलाई उनको साइज र स्किन हेरेर कुन कलर राम्रो देखिन्छ, त्यसअनुसारको कपडा बनाउनुपर्छ । यदि बेहुली गोरो वर्णकी र दुब्ली छिन् भने रिसेप्सन पार्टीका लागि सुँगा कलरको ब्लाउज र लेहेंङगा उपयुक्त हुन्छ । ब्लाउजमा इम्ब्रोइडरी हुनुपर्छ । जसले गर्दा बेहुलीले लगाएको गहना आफ्नो घाँटीमा सुहाउँदो देखिन्छ । लेहेंङगा भने सुँगा, ग्रीन कलरमै बनाउनुपर्छ तर तलको लेहेंङा भने सिम्पल नै राम्रो देखिन्छ । यसका लागि बेहुलीलाई कपडा रोज्नुपर्दा लेहेंङगाका लागि नेट, भेलभेट कपडा प्रयोग गर्न सकिन्छ ।
लेहेंङामा पनि तलबाट ठूलो ब्रोडर दिएर ठूलो ठूलो फूल पात राख्दा पनि राम्रो देखिन्छ । बेहुलीलाई सिन्दूर हाल्ने दिनमा भने रातो बनारसीको साडी र तासको ब्लाउजमा इम्ब्रोइडरी गरिएको घुम्ति नै राम्रो देखिन्छ । भेलभेटको कपडामा धेरै इम्ब्रोइडरी गरेर त्यस कपडालाई माथि नेक लाइनमा कलर राखेर अगाडि भि नेकमा ओपन गरेर त्यसलाई वेइस्ट लाईनमा एट्याज गर्ने र तलका लागि पनि भेलभेटको कपडामा धेरै इम्ब्रोइडरी गरी त्यसलाई वेइस्ट लाइनदेखि नै ज्वाइन गरेर गाउन बनाउन सकिन्छ । यो रातो कलरमा बनाउँदा बढी नै आकर्षक देखिन्छ र पाँच इन्च जतिको बेल्ट राखेर भेलभेटको कपडामा राम्रोसँग इम्ब्रोइडरी गरेर यो ड्रेसमा लगाउँदा बेहुलीलाई अझ थप आकर्षक देखिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest