बोली र आँखाले लठ्ठिए भगवान (हेर्नुहोस भिडियो सहित)

Wednesday, January 30th, 2019

 भगवानको हाईट तथा मिलेको शरीरले मख्ख परेकी जानकी
काठमाडौंको एउटै टोलमा बस्दा चिनजान बढेको थियो जानकी तारमीमगर र भगवान थापाको । चिनजान विवाहसम्म नै पुग्छ भन्ने लागेको थिएन । सुरुवाती दिनमा सामाजिक कार्यमा सहभागी हुँदा चिनेपछि जानकीलाई भगवान थापा राम्रो र सहयोगी लाग्यो अनि उनले नै फोन नम्बर मागेकी थिइन् । त्यसो त जानकी आफु पनि सामाजिक क्रियाकलापमा निक्कै नै क्रियाशिल थिईन ।
एउटै टोल भएका कारण पनि टोलको हरेक क्रियाकलाप संगसंगै हुने र दुवैजनाको अभिरुची पनि एउटै भएपछि एकअर्काको बारेमा जान्न असहज भएन । सामाजिक कार्य देखी सामाजिक सञ्जाल सम्म पुगेको सम्बन्धले अन्तत प्रेमको तुषा उर्मान सफल भयो । सुर्खेत घर भएकी जानकी र गोरखा घर भएमा भगवानको आज भन्दा दुई वर्ष पहिले विवाह भएको थियो । मध्यपुर्व र मध्य पश्चिमको बिचमा बसेको मायालु जोडिका लागि भौगोलिकता मात्र फरक थिएन, प्राय परम्परा र रहन सहन नै फरक थियो ।
भाषाको लवज सम्म फरक तथा संस्कृति नै फरक थियो । यसो त जानकी मगर परिवार र भगवान थापा क्षेत्री परिवारका थिए । सुरुवातमा विवाहलाई समाजले नस्विाकार्ने पो हो की भन्ने पिर भए पनि उनीहरु दुवै सामाजिक कार्यमा क्रियाशिल भएका कारण पनि यस्ले समाजमा चेतना फैलाउन सक्छ भन्ने सोच राखे । हामी जस्तो पढेलेखेको र समाजको तारो बनेका मानिसले नै जातको कुरा गरेर प्रेम गर्न नै डरायौ भने अन्य सामान्य व्यक्तिको के होला भन्ने सोच थियो जानकीको ।
लामो समयदेखी नयाँबजारमा बसी राखेका भगवानको नाम भेट हुनुभन्दा पहिले नै प्रायको मुखबाट सुनेकी हुन्थिन् जानकीले । सामाजिक काम तथा व्यवसायमा पनि सफलता हासिल गरेका भगवानको नाम धेरैले टोलको विषयमा कुरा गर्दा लिने गर्थे । धेरैको मुखबाट सुनेको नाम भएर पनि होला जानकीलाई कौतुहलता भए को थियो भगवान को चाहि रहेछन्, कस्ता व्यक्ति पो हुन भन्ने उनको मनमा कुरा आउथ्यो । एकदिन उनलाई सोही टोलमा बस्ने एकजनाले भगवान उही हो भनेर देखाइदिए । झट्ट हेर्दा ह्याण्डसम, छरितो भएर हिड्ने भगवानलाई देख्दा वाउ भन्ने खालको फिल भयो, उनी भन्छिन् । को रहेछन् भन्ने सोचसँगै सामाजिक कामले भेट भएका भगवान र जानकी सामाजिक काममा सक्रिय भएर लाग्न थाले ।
पहिलोपल्ट जानकीले फोन नम्बर मागेकी भए पनि कुराकानीको सुरुवात भने भगवानले नै गरे । कुराकानीको क्रममा सांकेतिक लभ म्यासेज पठाएका थिए भगवानले । सुरुमा राष्ट्रिय कलाकारलाई यसरी सिधै पठाउदा केही समस्या पो हुने होकी भन्ने सोचेका भए पनि यदि उताबाट नराम्रो प्रतिक्रिया आएमा मिस्टेक भाको बाहना बनाउछु भन्ने सोचमा थिए तर संयोगवस त्यस्तो भएन । जानकीले पनि सुरुवातमा नै वाउ भनेको मान्छेले लभ रियाक्ट पठाए पछि किन नकार्थिन र उनले पनि लभ रिक्याक्ट नै गरिदिईन । उता भाइबरमा आएको म्यासेज हेरेर भगवान पनि मख्ख पर्न थाले । सुरुमा आफुले दाई भनेर बोलाउने गरेकी उनी सोही व्यक्तिको प्रेममा चुर्लुम्म डुब्न पुगिन् । सुरु सुरुमा त दाई नमस्कार भनेर बोल्ने गर्थे मैले सम्मान गर्ने व्यक्तिहरु मध्ये उहाँ पनि हुनुहुन्थ्यो ।
जानकी कलाकार मान्छे कहिले गीतमा त कहिले सुटिङ्मा व्यस्त रहन्थिन् । सबैले उनको स्वरको प्रसांसा गर्छन नै । कहिले देश विदेशको कार्यक्रममा त कहिले केमा व्यस्त हुने गर्थिन । सो समयमा पनि भगवानले पिछा छोड्दैनथे । भाईबरमा म्यासेज गरिराखेका हुन्थे । कहिले लभको साईन त कहिले रोजको साईन पठाउने गरेको भए पनि जानकीको मनमा एउटा प्रश्न उब्जियो के भगवानले मलाई साच्चै नै माया गर्छन त ? शंका मनमा थियो । त्यही बेलामा भ्यालेनटाईन्ड डे आयो संयोगवस जानकी स्याङ्जाको कार्यक्रममा थिईन तर जानकीलाई अझैपनि भगवान प्रति विश्वास भने बढेको थिएन, कतै यो मान्छेले मलाई फ्लट त गरिरहेको छैन भन्ने सोचेर भगवानको प्रमेको परिक्षा लिने विचार गरिन् र भनिन् यदि मलाई साच्चि नै माया गर्नु हुन्छ भने मलाई भेट्न रोज लिएर स्याङ्जा आउनु । भगवान पनि के कम थिए र स्याङ्गजाको कार्यक्रमका लागि गएकी जानकीलाई भेट्न उनी काठमाडौं देखि झोला भरि उपहार र चकलेट लिएर गएका थिए । त्यसपछि जानकीलाई उनको प्रेमप्रति विश्वास बढेको थियो । जानकीको बोली तथा आँखाले नै लठ्ठिएका थिए भगवान भने जानकी भगवानको हाईट तथा मिलेको शरीरले मख्ख परेकी थिइन् । भगवानको झडङ्ग जङ्निे बानी, वाई पनि नभनी फोन राख्ने बानी र समयमा घर नजाने बानी भने जानकीलाई मनपर्दैन । भगवानलाई पनि जानकीको छिटो रिसाउने बानी र बेला बेलामा किचकिच गर्ने बानी मनपर्दैन । बेला बेलामा सानो सानो कुरामा झगडा हुने भए पनि लामो समय सम्म नबोली बसेको भन्ने कहिले छैन भगवान भन्छन् । झगडा भएको एक÷दुइ घण्टामा नै बोलचाल भईहाल्छ । म विजनेसमा हात हालेको मान्छे भएर पनि हो घरमा खासै बस्न पाउदिन झगडा भएपछि पनि निस्किहाल्छु जस्ले गर्दा पनि रिस रिसको रुपमा रहिरहन नै पाउदैन ।
आफुले माया गरेको मान्छेलाई जीवन साथीको रुपमा पाउनु नै भाग्यको कुरा हो भन्ने सोचाई राख्ने जानकी आफ्ना श्रीमानलाई मायाले बोलाउदा बुढा नै भनेर बोलाउने गर्छिन भने भगवान पनि जानकीलाई बुढी नै भनेर बोलाउने गर्छन । घरमा दुवै जना उत्तिकै व्यस्त हुने भएकाले पनि होला हामी एकले अर्कालाई सहयोग गर्ने गछौँ भगवान भन्छन् । खाना बनाउन देखी लिएर सरसफाई सबैमा सहयोग गर्ने गर्छन् भगवान । खाना बनाउन पनि सिपालु भगवानले बनाएका प्राय सबै खानेकुराहरु जानकीलाई मनपर्छ भने जानकीको त हातै मिठो छ उनले पस्केर मात्र दिएको पनि सबै कुरा मिठो लाग्छ भगवानलाई । त्यस मध्ये पनि टमाटरको अचार र दाल विशेष लाग्छ उनलाई । बढी नयाँ नयाँ ठाँउमा घुम्न जान पाए हुन्थ्यो भन्ने स्वभाव जानकीको छ भने भगवानलाई पनि घुम्न जान मनपर्छ ।
–चक्र प्रसाद पोख्रेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest