ब्रिटानियाकी सद्भावना दुतमा प्रियंका, २० लाख भारुमा भयो सम्झौता

Monday, April 30th, 2018

काठमाण्डौ ः नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ ।
नेपालकी नायिका प्रियंका कार्कीले एक अन्तर्रा्ष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने सम्झौता गरेकी छन । ब्रिटानिया कम्पनीले उत्पादन गर्दै आएको गुड डे बिस्कुटको टीभीसी एडमा प्रियंका देखिने भएकी छन् । कम्पनीले उनलाई २ बर्षका लागि नेपालको सद्भावना दुत बनाएको छ ।
बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने आफ्नो चाहना कोकाकोलाबाट पुरा भएको र ब्रिटानिया कम्पनीसँग पनि आफूलाई काम गर्न मन लागेको प्रियंकाले बताएकी छिन् ।प्रियंकाले यो कम्पनीको नेपाल सद्भावना दुत बनेवापत २० लाख भारु पारिश्रमिक लिएको बताउछीन । २ बर्षका लागि उनले यति रकममा सम्झौता गरेकी हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest