भक्तपुरमा छुरा प्रहार गरेर साथीको हत्या

Thursday, January 23rd, 2020

भक्तपुर :रक्सी खाएपछि सामान्य विवाद हुँदा छुरा प्रहारबाट एक किशोरको ज्यान गएको छ । भक्तपुर नगरपालिका ६ भोलाछेंमा बुधबार साँझ सामान्य विवादपछि छुरा प्रहार हुँदा भक्तपुर उपमहानगरपालिका १० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्धपोखरीमा रहेको कान्तिपुर गेस्ट हाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरी जानकारी दिएको छ ।चार /पाँच जना साथीहरुसँगै बसेर रक्सी खाएपछि सामान्य विवाद हुँदा सुवालको छातीमा साथीले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र व्यासी कालोपाटीबाट छुरा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest