भर्खरै माया बसे जस्तै जोडी (भिडियोसहित)

Thursday, January 2nd, 2020

आँखाको नानीहौ तिमी जीवनमा आइदेउ,
भुलहुने छैनयहाँ तर्केर नजाउ ।
यो गीत सायद नसुन्ने कोहि छैनन होला यहि गीतका गायक तथा नेपाली सांगीतिक क्षेत्रमा आफनो बेग्लै पहिचान बनाउन सफल नाम हो सिताराम पोख्रेल । थुप्रै गीतमा स्वर दिएर नेपाली गीतसंगीतमा आफ्नो पहिचान बनाउन सफल उनी गायकमात्र नभई राम्रो मोडल तथा एक सफल निजामती कर्मचारि पनि हुन । पुर्वी एक नम्बर प्रदेशमा पर्ने खोटाङ् जिल्लामा उनको जन्म भएको थियो । उनले मोरङको विराटनगरमा हुर्कीएर कर्मथलो भने काठमाण्डौलाई बनाएका हुन । उनकी जीवन संगीनी रमा भटराई पोख्रेल भनेपूर्वी नेपालको झापा जिल्लामा जन्मी हुर्केकी हुन । दुवैजनाको जन्मथलो सुदुर पुर्वमा भएता पनि कर्मथलो भने फरक थियो तर पनि यो जोडीलाई एउटै मुटुमा बाध्ने काम गरे रमाका दिदिका छोराले जसका कारण यो जोडी विवाह वन्धनमा वाधिन पुग्योंं । यो जोडीको विवाह भएको करिव तीन दसक भइसकेको छ । यिनै जोडीको प्रेम कहानी नवनारीको मसिंर अंकमा समेटेका छौ ।

गायक सिताराम पोख्रेलका लागि वि.सं २०४४ तीनवटा कुराले महत्वपूर्ण रहयो । एउटा उक्त वर्ष उनको नीजामति तर्फ नेपाल आयल निगममा जागीरे जीवन सुरु भयो भने उनको सांगीतिक यात्रा पनि तेहि वर्ष रेडियो नेपालबाट भ्वाइस पास गरेर गीत रेकर्ड गरेर शुरु भयो अनि त्यहि बर्ष २०४४ सालमा नै उनको रमासँग विवाहभयो तेसैले उनीवर्ष २०४४ लाइ आफ्नो ह्याट्रिक वर्ष मान्दछन ।
यसरी भयो सिताराम र रमाको भेट
गायक सिताराम पोख्रेल र उनका साथी अर्थात रमाका दिदिको छोरा काठमाण्डौमा सगै पढदथे र सिताराम पढाइसगै क्याम्पसमा हुने विभिन्न कार्यक्रममा गीत गाउदथे । यति सम्मकी अरु भन्दा फरक र मान्छे पनि विभिन्न कुराले अब्बल मानिन्थे उनी । उनलाई सबैले चिन्दथे अझ रमाकीदिदिका छोराले त झन राम्रोसंग चिन्दथे किनकी सिताराम र उनी अत्यन्त मिल्ने साथीहुन पछी उनका साथीलाई सितारामको बानी व्याहोरा अत्यन्त मन परेको हुदाँ उनैले रमाको बारेमा कुरा चलाएछन । कुरा चलाएको केहि समयपछि रमाको माइतिबाट रमाका आफन्त र बाबाआमाले एकपटक केटा हेर्ने कुरा गरेछन । पछि सिताराम काठमाडौंबाट विराटनगर घरमागई केहि समयपछी घरका आफन्तलाई लिएर केटि हेर्न अर्थात रमालाई हेर्न भनेर झापाको धुलाबारी रमाको घरमा गएछन । रमाको घरमा पुगेर रमालाई हेरिसकेपछी उनले रमालाइ मन पराए र रमाले पनि सितारामलाई मनपराईहालिन । रमा हास्दै भन्छिन सुरुमा त कस्तो केटा आफ्नो बाबाको नाम सँग मिल्ने नाम अनि केटापनि कस्तो पातलो भनेर मनमनै सोचिछन तर पहिलेको जमनामा बाबुआमाले मन पराएको केटासँग नै विवाहगर्न पर्दयो । मैले पनि तेहि गर्ने निर्णय गरे तर एकैछीनमा मन चेन्ज भएर उहाँ मलाई साहै्र मन पर्न थाल्यो उ बेला केटाहरु केटी माग्नआउदा केटिहरु लजाएर सिधाआँखाले हेर्न सक्दैन थिए र मैले पनि सकिन । पछि झ्यालको प्वालबाट चिहाएर हेरे । अर्को रमाइलो कुरा त यो छ की जव सितारामका आफन्त र सितारामहरु रमालाई हेर्ने भनेर पहिलोपटक उनको घरमा गए तव सितारामलाई रमाका आफन्तले अझ पहिले देखी नै सितारामले गीत गाउछन भन्ने थाहापाएर रमाकी दिदिले गीत गाउन लगाएकी थिइन् । सिताराम त्यो वेलाको रमाइलो क्षण सम्झदै भन्छन् म पनि के कम त्यसपछी मैले पनि आफुलाई आउने एउटा हिन्दी गीत गाएर सुनाइदिए तेस पछी त सबै लठ्ठ ।
गीत गाइसके पछि सितारामले पनि अब केटि पनि पढेलेखेकी छन, राम्रो खानदानी परिवारको मान्छे, जीवन उनी सँग पक्कै पनि राम्रो सँग चल्छ भन्ने लागेर मन परेको कुरा बताए । सिताराम रमाको घरमा आएको सुनेर पनि होला रमाका वरिपरिका आफन्तहरु समेत तेहि दिन रमाको माइतिघरमा जम्मा भएका थिए, जसले गर्दा उनलाई थप गीतगाउन मन लागेछ ।
सुरुको दिन अर्थात रमालाई हेर्न जादा रमा र सितारामको बोलचाल भएको थिएन तर अरु सबै आफन्तसंग कुरा भइसकेको थियो । रमाका बाआमा र आफन्तलाई सितारामका हरेक कुराहरु मन पर्यो त्यसैले सितारामको र रमाको रमालाई हेर्न गएकै दिन इन्गेजमेन्ट भएको थियो भने इन्गेजमेन्ट भएको केहि दिनमै उनीहरु विवाह बन्धनमा बाधिएका थिए । विवाह हुनुभन्दा अगाडि सिताराम नेपाल आयल निगममा जागिरे थिए भने रमा पनि झापाकै एक विद्यालयमा पढाउथिन । सितारामले आफ्नो जागीरलाई निरन्तरता दिए तर रमाले विवाहपश्चात आफनो जागिरलाई निरन्तरता दिन सकिनन् । विवाहपछि सितारामको पढाई तथा जागीर काठमाडौमा भएको हुँदा रमापनि काठमाडौंमा आउन पर्यो । काठमाडौ आएपछी दुई जना पहिलोपटक घुम्न भनेर भारत गएका थिए । सिताराम भन्छन हामी दुबै जना धर्ममा विश्वास गर्ने भएको हुदा त्यसपछी धार्मिक भ्रमणमा पनि हामी जान्थ्यौ, पछि बच्चा जन्मीसकेपछी उनीहरुको रेखदेख गर्न ठिक्क भयो रमालाई । अहिले दुइवटा छोराका बाबुआमा भइसकेका उनीहरुको विवाहभएको पनि करिव तीनदसक पुराभइसकेको छ तर सिताराम र रमा अहिले पनि भर्खरै विवाहित जोडीझै लाग्छन ।
उ बेला कतिपय घरमा नयाँबुहारी आएपछी काममा धेरै लगाउने वा दुःख दिनेकार्य हुन्थ्यो तर रमालाई भने बुहारी भएर गएपछी माइती घरको भन्दा पनि सजिलो भयो रे । सबैजनाको उतिकै माया पाइन उनले तर उ बेलाबुहारीले सासु ससुरालाई गर्नुपर्ने आदर सत्कार जस्तै विहान उठेर खुट्टा ढोग गर्ने, टाउकोमा घुम्टो हाल्ने, साडी लागाउने गर्नुपर्दथ्यो र उनले त्यो पनि गरिन् । उनले सासुससुरालाई आफुले गर्ने सबै कर्तव्य राम्रोसंग निर्वाह गर्दै आएकी छिन । नीजामतिको जागीर अर्थात नेपाल आयल निगमका जागीर खाएको वर्ष, रेडियो नेपालमा स्वर परिक्षामा पास गरेको वर्ष र जीवनको महत्वपूर्ण कार्य वैवाहिक जीवनको शुरुवात भएको वर्ष साच्चै सितारामका लागि जीवनकै महत्वपूर्ण वर्ष हो ।

थुप्रै गीत गायका पोख्रेल गीतकार, संगीतकार र मोडल समेत हुन । दुइवटा छोराका बाबुआमा रहेका उनीहरुका छोराहरु अहिले अमेरिकामा छन भने यता घरमा अहिले उनीहरु दुइजनामात्र रहेका छन् । पछिल्लो समय जागिरे जीवनबाट अवकास भएपछी सिताराम समाज सेवामा सक्रियरुपले लागिपरेका छन् साथै गीतसंगीतमा उतिकै सक्रिय रहदै आएका छन ।
रमा भन्छिन सितारामको मनमाजती पिडा भएपनि सधै खुसी नै रहने र नरिसाउने बानि अति मन पर्छ ।
करिव ३० वर्षको अन्तरालमा अहिले सम्मखासै ठूलो झगडा परेको छैन भन्छन दुवै जना । कहिले काहिँ झगडा परिहाले पनि उनीहरु कामगर्दागर्दै कसरी को बोल्छ थाहा नहुने बताउछन । सांगीतिक कार्यक्रमले गर्दा सिताराम बेलाबेलामा देशका विभिन्न ठाउँमा र विदेशमा समेत गइरहन्छन तर रमालाई सगै लिएर जान नपाएकोमा भने उनलाई पछुतो लाग्छ । रमालाई पनि अरु ठाउँ तेस्तै हो इलाम चाहि दुवैजना सगै घुम्न जान पाएहुन्थ्यो भन्ने लागिरहन्छ तर अहिले सम्म त्यो अवसर मिलेको छैन ।
सितारामले आफु बाहिर जादा रमाका लागि विभिन्न उपहारहरु ल्याउने गरेका छन भने रमाले पनि पहिले पहिले धेरै उपहार दिने गरेकी थिइन तर रमाले ल्याएका उपहार सितारामलाई मन नपर्ने भएकाले उनी आज भोली उपहार दिन छोडेकी छन् । खाना पकाउनमा कतिको सहयोग गर्नुहुन्छ भन्ने प्रश्नमा सिताराम भन्छन् चिया चाहिँ पकाउछु तर अरु खासै पकाउन आउदैन तर रमाले भने सबै खानेकुरा मिठो पकाउने गरेकी छन । बाहिर खानाखादा पनि रमाले पकाएको खानाकै याद आउने गरेको सिताराम बताउछन ।
थुप्रै संघसस्थाहरुबाट सम्मानित भइसकेका सिताराम आप्mनो स्वास्थ्यले साथ दिउन्जेल सम्म नेपाली सांगीतिक क्षेत्रमा र सामाजिक कार्यमा सक्रिय रुपमा लागिरहने बताउछन । यो जोडी एकले अर्कोलाई अतिमाया गर्छन । सिताराम भन्छन कहिले काहिँ त लाग्छ हाम्रो भर्खरै लभ परेको छ ।
प्रस्तुति :चक्र प्रसाद पोख्रेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest